arrow

संसारका देशहरु संस्कृत पढ्दैछन् तर हामी जलाउदैछौ : चन्द्र भण्डारी

logo
कौरव खत्री,
प्रकाशित २०७५ फागुन २१ मंगलबार
chandra-bhandari8.jpg

गुल्मी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले संसारका देशहरु संस्कृत पढ्दै गरेको तर हामी संस्कृत भाषालाई जलाउदै हिडेको बताएका छन् ।  महेन्द्र आर्दश माध्यमिक विद्यालय मुसिकोट नगरपालिका ७ वामीटक्सारद्वारा आयोजित हिरक महोत्सव तथा श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह ज्ञानमहायज्ञको मंगलवार समापनमा डा. भण्डारी सो काम गलत भएको बताएका हुन ।

गुल्मीका पूर्व सांसद समेत रहेका डा. भण्डारीले भने,'अन्तरिक्षमा कुनै देशका भाषाले काम गरेन तर अन्तरिक्षमा संस्कृत भाषाले मात्र काम गर्‍यो ।कम्प्युटर, मोवाइल फोनले स्मरण शक्ति घटाएको तर संस्कृत भाषाले स्मरणशक्ति बढाउछ ।'
 
डा. भण्डारीले हामी गलत बाटोमा लाग्दा धर्म कमजोर भएको बताए  । भण्डारीले पूर्व प्रधानमन्त्री स्व. सुशिल कोइरालाको नेतृत्वमा बनेको संविधानले महिलाहरुलाई ३३ प्रतिशतको अधिकारको व्यवस्था गरेको बताए । उनले हिंसा र हतियारको युद्ध होइन पूर्वीय दर्शनले विचार ठूलो हो भन्ने महाभारतले सिकाएका बताउदै हामीले संस्कृति शिक्षामा आधारित भइ मुसिकोट नगरपालिकाले पनि संस्कृति शिक्षा सञ्चालन गर्न आग्रह गरे ।

उनले भने,'यूरोप जस्तो देश जहा हिउँ नै हिउँका देशलाई त्यहाका देश नेताले स्वर्ग जस्तै बनाए तर नेपाल आफैमा स्वर्ग छ । सम्पन्न छ । संसारमा नेपाल सृष्टि भएको यो भन्दा राम्रो भएको देश कोही छैन ।  तर यो देशका मानिसहरु तथा युवाहरु विदेशीनु र अरब जान पर्ने  यहाको शिक्षा राम्रो नभएर हो ।'

साथै सोही अवसरमा मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा,गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, नेपाली कांग्रेस गुल्मीका पार्टी सचिव विष्णुकुमारी सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम मुल समारोह समितिका संयोजक प्रकाश काफ्लेको अध्यक्षता, प्रधानाध्यापक वुद्धि प्रसाद शर्माको स्वागत मन्तव्य तथा शिक्षक मिगे्रन्द्र रिजालको संचालनमा सम्पन्न भएको थियो ।

विद्यालयमा प्राविधिक शिक्षा अन्तरगत इन्जिनियरिङ कक्षा संचालन गर्ने उद्देश्य सहित संचालन गरिएको श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले प्रवचन दिएका थिए । कार्यक्रममा आर्थिक गर्ने सहयोगदाता एवं चन्दादाताहरुलाई सम्मान गरिएको थियो ।

महायज्ञको समापन समारोहसम्म विद्यालयको लागि करिव साढे पाँच करोड आर्थिक संकलन भइसकेको मुलसमारोह समितिका लेखा समिति संयोजक डिल्लिराज खरेलले जानकारी दिए ।

महायज्ञ लगाएर ५ करोड संकलन गर्ने लक्ष्य राखेको विद्यालयले लक्ष्यभन्दा बढि आर्थिक संकलन गर्न सफल भएको हिरक महोत्सव मुल समारोह समितिका संयोजक प्रकाश काफ्लेले जानकारी दिए ।

‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारासहित  गत फागुन १३ देखि गरि सुरु गरिएको महायज्ञ तथा महोत्सव आज समापन गरिएको हो ।

२०१६ सालमा स्थापनामा तत्कालिन राजा महेन्द्रलाई लिएर तत्कालिन जननिर्वाचित प्रधानमन्त्री विपि कोइरालाले स्थापना गरेको विद्यालयलाई गुल्मी जिल्लाकै शैक्षिक केन्द्रको रुपमा परिचित वामीटक्सारमा प्राविधिक शिक्षा सहितको कक्षा संचालनमा आउने भएसंगै सहयोगदाताहरु पनि उत्साहित देखिएका छन् ।

कार्यक्रम फागुन १३ गते श्रम, रोजगार  तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले उद्घाटन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ