arrow

हृदयाघातबाट मृत्यु भएका को हुन् पूर्वसांसद पण्डित

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार
ganesh.JPG

काठमाडौँ ।  पूर्वसांसद गणेश पण्डितको निधन भएको छ । आज हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिए ।

विसं २०४८ को निर्वाचनमा उनि नुवाकोट–२ बाट तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित भएका थिए । विसं २०५६ को निर्वाचनमा उनि नुवाकोटबाट तत्कालीन नेकपा (माले)बाट उम्मेदवार बनेका थिए ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको केन्द्रीय उपाध्यक्षसमेत रहेका पण्डित २०४२ सालका बमकाण्डमा गिरफ्तारमा परेका थिए । झण्डै आठ महीना प्रहरी हिरासतमा उनि रहेका थिए ।

 तत्कालीन राष्ट्रिय पञ्चायात सदस्यमा समेत उनि नुवाकोटबाट उम्मेवार बनेका थिए । काठमाडौँको वसुन्धरामा बस्दै आएका पण्डितका दुई छोरा, तीन छोरी र श्रीमती छन् । पछिल्लो समय उनि पार्टीमा निष्क्रिय रहेका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ