arrow

'विप्लवका गतिविधिलाई नियन्त्रण गर्न नसके ठूलो दुर्घटना हुने सम्भावना'

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार
kamal-thapa-1.jpg.jpeg

हेटौँडा ।  राप्रपाका अध्यक्ष कमल थापाले विप्लवका गतिविधिलाई नियन्त्रण गर्न नसके ठूलो दुर्घटना हुने सम्भावना बढेको बताएका छन् । अध्यक्ष थापाले राष्ट्रमा दिगो शान्ति प्रक्रियालाई धरापमा पार्ने विप्लव नेतृत्वको नेकपाका तर्फबाट अहिले देखिएका हिंसात्मक गतिविधिलाई जनताद्वारा निर्वाचित दुई तिहाइ बहुमतको सरकारले नियन्त्रण गर्न नसके ठूलो दुर्घटना हुने सम्भावना बढेकाले सरकार र राजनीतिक दलको नेतृत्वले नयाँ ढङ्गबाट निकास लिनुपर्ने धारणा व्यक्त गरेका हुन् ।

 राप्रपा केन्द्रीय समितिद्वारा आयोजित मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राअन्तर्गत ३ नं प्रदेशको यहाँ मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले  मुलुकमा लोकतन्त्रको पुनस्र्थापना गरेर जनतालाई अधिकार सम्पन्न बनाउन आन्दोलन सफल भए पनि विखण्डन गर्ने समूह देखापर्नु अत्यन्तै दुःखद भएको बताए ।

राप्रपा केन्द्रीय समितिद्वारा आयोजित मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राअन्तर्गत ३ नं प्रदेशको यहाँ मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताद्वारा निर्वाचित दुई तिहाइ बहुमतको सरकारले मुलुकलाई विखण्डन गर्ने समूहले तराईमा आफ्ना क्रियाकलाप सञ्चालन गर्दा पनि मुकदर्शक भएर बस्न नहुने धारणा व्यक्त गरे। उनले सरकारले संवैधानिक प्रक्रियाअनुसार ती समूहलाई कार्वाही अगाडि बढाउन आग्रह गरे।

उनले ती समूहलाई कार्वाही गर्दा नेपाली जनताले वर्तमान सरकारलाई दरिलो साथ दिने उल्लेख गरे ।

सो अवसरमा राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङ, राप्रपाका महामन्त्री राजेन्द्र लिङदेन, मकवानपुरका अध्यक्ष मधु अधिकारी, केन्द्रीय सदस्य दीपक सिंह र सहमहामन्त्री राजाराम बर्तौलाले बाह्य शक्तिको चलखेल र देश विखण्डन गर्ने समूहलाई नियन्त्रण गर्न सरकारले छिट्टै अग्रसर हुनुपर्नेमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ