arrow

गण्डकी मेडिकल कलेजका सञ्चालक विरुद्ध सम्पत्ति शुद्धीकरणमा उजुरी 

logo
प्रकाशित २०७५ फागुन २१ मंगलबार
money_lundrying.jpg

काठमाडौं । गण्डकी मेडिकल कलेजका सञ्चालक विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगमा उजुरी परेको छ । मंगलबार कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ९ मा अवस्थित गण्डकी मेडिकल कलेजका स्वामित्ववाला संचालकहरु विरुद्ध आयोगमा मुद्दा परेको हो । 

चिकित्सा शिक्षा सुधार अभियानमा संलग्न अभियन्ताको नामबाट इनरुवा १, सुनसरीका प्रितम सुवेदी,  भिमेश्वर १, दोलखाका विजयवावु शिवाकोटी र गण्डकी मेडिकल कलेजका विद्यार्थी अनित सिन्हाले  कलेजका सञ्चालक खुमा अर्यालले कलेजका प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रधानाध्यापक रविन्द्र प्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा, लेखा शाखा प्रमुख हरिमाया पौडेल, कार्यरत दिनेश पौडेलसमेतको मिलेमतोमा गण्डकी मेडिकल कलेजका विभिन्न तहमा अध्ययनरत विद्यार्थी तथा उनीहरुका अभिभावकहरुलाई अवैध रकम दिन वाध्य पार्नका लागि विद्यार्थीको भर्ना नलिएको आरोप समेत लगाएका छन् । 

उनीहरुले भर्ना रद्द गर्ने, परिक्षामा सामेल हुन नदिने, परिक्षामा फेल गराउने, कलेजबाट निस्कासन गर्ने लगायत डर, धाक, धम्की दिई तथा अन्य विभिन्न किसिमको मानसिक कष्ट हैरानी दिने कार्य गरी फिरौती असुल गरे जस्तै गरी गैरकानुनी रुपमा शैक्षिक शूल्कका नाममा विना विल भरपाई अवैध रुपमा अनेक तवरले मनोमानी ढंगले रकम असुल गरी, विद्यार्थी विच्छे फरक फरक व्यवहार गरी जति सकिन्छ वढी रकम लिई, विगतमा विभिन्न तहका मेरिट लिष्ट रोलक्रम वाहिरका विद्यार्थीबाट लखौंलाख रुपैयासम्म विना भरपाईको अवैध अतिरिक्त शूल्क लिई सिट विक्री गरी र हुवहु यस्तै प्रकृतिका अवैध कार्यहरु गरेको आरोप पनि लगाएका छन् ।

अर्यालले आफ्नो स्वामित्वमा रहेको यूनिभर्सल मेडिकल कलेज भैरहवाका विद्यार्थी तथा अभिभावकहरुमाथि समेत गरी पछिल्ला केहि बर्ष भित्रै अरबौं रुपैयाँ रकम अवैध रुपमा असुल गरी ठगी गरेको, राजश्व छली गरेको, आपराधिक लाभ, किर्ते, भ्रष्टाचार, घुषखोरी, कालेबजारी लगायत कसुर गरी स्रोत नखुलेको सम्पत्ति आफ्नो नाममा वा आफ्नो कलेज र अन्य संस्था वा आफ्नो परिवार, साझेदार तथा अन्य सम्बन्धित व्यक्तिका नाममा जम्मा गरी राखेको आरोप उनीहरुले लगाएका छन् । 

 

चिकित्सा शिक्षा सुधार अभियानमा संलग्न अभियन्ताको नामबाट मंगलबार आयोगमा परेको उजुरी 
मिति २०७५।११।२१ 
श्रीमान् प्रमुख ज्यू
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
पुल्चोक, ललितपुर । 

विषयः सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरको अनुसन्धान सम्बन्धमा । 

उपरोक्त सम्बन्धमा कास्की जिल्ला पोखरा म.न.पा. वडा नं. ९ मा अवस्थित गण्डकी मेडिकल कलेजका स्वामित्ववाला संचालक खुमा अर्याल (मोवाइल नं. ९८५१०३७०१७) ले ऐ.कलेजका प्रशासकीय अधिकृत कृष्ण घिमिरे (मोवाइल नं. ९८५६०२७०८५), ऐ.का प्रधानाध्यापक रविन्द्र प्रसाद श्रेष्ठ, ऐ.का फाइनान्स कन्ट्रोलर युवराज शर्मा (मोवाइल नं. ९८५६०३५३६९), ऐ.का लेखा शाखा प्रमुख हरिमाया पौडेल (मोवाइल नं. ९८०२७३८५९५), ऐ.मा कार्यरत दिनेश पौडेल (मोवाइल नं. ९८४६११९७४०) समेत संगको मिलेमतोमा गण्डकी मेडिकल कलेजका विभिन्न तहमा अध्ययनरत विद्यार्थी तथा उनीहरुका अभिभावकहरुलाई अवैध रकम दिन वाध्य पार्नका लागि विद्यार्थीको भर्ना नलिने, भर्ना रद्द गर्ने, परिक्षामा सामेल हुन नदिने, परिक्षामा फेल गराउने, कलेजबाट निस्कासन गर्ने लगायत डर, धाक, धम्की दिई तथा अन्य विभिन्न किसिमको मानसिक कष्ट हैरानी दिने कार्य गरी फिरौती असुल गरे जस्तै गरी गैरकानुनी रुपमा शैक्षिक शूल्कका नाममा विना विल भरपाई अवैध रुपमा अनेक तवरले मनोमानी ढंगले रकम असुल गरी, विद्यार्थी विच्छे फरक फरक व्यवहार गरी जति सकिन्छ वढी रकम लिई, विगतमा विभिन्न तहका मेरिट लिष्ट रोलक्रम वाहिरका विद्यार्थीबाट लखौंलाख रुपैयासम्म विना भरपाईको अवैध अतिरिक्त शूल्क लिई सिट विक्री गरी र हुवहु यस्तै प्रकृतिका अवैध कार्यहरु निज खुमा अर्यालले आफ्नो स्वामित्वमा रहेको यूनिभर्सल मेडिकल कलेज भैरहवाका विद्यार्थी तथा अभिभावकहरु उपर समेत गरी पछिल्ला केहि बर्ष भित्रै अरवौ रुपैया रकम अवैध रुपमा असुल गरी ठगी गरेको, राजश्व छली गरेको, आपराधिक लाभ, किर्ते, भ्रष्टाचार, घुषखोरी, कालेबजारी लगायत कसुर गरी स्रोत नखुलेको सम्पत्ति आफ्नो नाममा वा आफ्नो कलेज र अन्य संस्था वा आफ्नो परिवार, साझेदार तथा अन्य सम्बन्धित व्यक्तिका नाममा जम्मा गरी राखेको, कालो धनको लगानी गरी अकुत सम्पत्ति बढाएको, कतिपय राजनीतिकर्मी तथा नियमनकारी संस्थाका पदाधिकारीलाई समेत गलत प्रभाव पारी चिकित्सा शिक्षा प्रणाली तहसनहस पारेको र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर गरेको हुनाले तत्काल निज तथा कसुरमा संलग्न व्यक्तिहरुको राहदानी, अवैध कारोवार तथा वैक खाता रोक्का गरी यस सम्बन्धमा विस्तृत अनुसन्धान गरी अवैध सम्पत्ति जफत गरी निज लगायत कसुरमा संलग्न व्यक्तिहरुलाई हदैसम्मको कानुनी कारवाही गरी पाऊँ तथा पीडित विद्यार्थी तथा अभिभावकबाट असुलेको रकम फिर्ता गरी सम्बन्धित पक्षलाई दिलाई पाऊँ भन्ने सम्बन्धमा हामी उजुरीकर्ताहरु हाल सम्म प्राप्त निम्न बमोजिमको सुचना सहितको उजुरी पेश गर्दछांै । साथै, आगामि दिनमा थप सुचना पाएमा अनुसन्धानमा सहयोग पुर्याउने उद्देश्यले सो समेत सम्मानीत विभाग समक्ष पेश गर्दै जाने प्रतिवद्धता गर्दछांै । 

१. गण्डकी मेडिकल कलेजको MBBS को छैठौं ब्याच (सन् २०१५) मा अध्धयनरत विद्यार्थीहरुबाट अन्य शुल्क भनेर सरकारले तोकेको ३८,५०,०००।- शिक्षण शुल्कमा पनि ९ लाख थपेर ४७ लाख सम्म लिने गरेका छन्  । खुमा अर्याल लगायात अरु संचालकहरुले भर्ना गर्ना साथ  नियम अनुसार सरकारले तोकेको जम्मा शुल्कको ५०% मात्र तिर्नु पर्ने किस्ता भएपनि कलेजले मनपरी २१,५०,००० भन्दा बढी शुल्क ( TU/NMC registration = 40,000, Security Deposit = 50,000, Application and Medical Check Up = 5,000, Annual Fee= 1,50,000) इत्यादी लिने गरेको छ । कलेजले मागेको रकम विद्यार्थी/अभिभावक ले तिर्न नमाने भर्ना नै खारेज गर्ने धम्कि दिइ बाध्यकारी भएर सरकारले तोकेको शिक्षण शुल्क भन्दा बढी तिर्न बाध्य पारेका छन् । मेडिकल कलेज ले बढि लिएको रकमको हामीलाइ विल दिनुहोस् भन्दा पनि विल पनि दिएका छैनन् । साथसाथै किस्ताबन्दि प्रक्रिया भर्ना हुँदा ५०%, ३०% तेश्रो वर्षमा, २०% चौथो  पनि पालना भएको छैन।  बार्षिक शुल्कको नाममा १,५०,००० प्रत्येक वर्ष लिंदै जाँदा मात्रै पनि प्रत्येक व्यक्तिबाट ७,५०,००० अतिरिक्त शुल्क हुन जान्छ ।  वार्षिक शुल्क तिर्न नमान्दा वार्षिक परिक्षाबाट  नै बन्चित गराउने धम्कि आइरहेको कारणले गर्दा विद्यार्थी तथा अभिभावकहरुले प्रत्येक वर्ष १,५०,००० तिरिरहेका छन्।  कतिपय विद्यार्थीहरुले बुझाएका  (विद्यार्थी संख्या ८३ ) रकम लेखा शाखामा काम गरिरहेको कर्मचारी हरिमाया पौडेलले आफ्नो निजि बैंक खातामा  राखिएको अवस्था छ। 
२) MBBS को सातौँ ब्याच (सन् २०१६ ) मा अध्यनरत त्रिवि सम्बन्धन प्राप्त गण्डकी मेडिकल कलेजमा हामीहरुले सरकारले ४२,४५,००० ।- शिक्षण शुल्क तोके बापत पनि कलेज संचालकले विभिन्न नाजायज शिर्षकमा कसैसगं १० लाख कसैसगं १३ लाख सम्म अतिरिक्त शुल्क प्रत्येक विद्यार्थी बाट संचालक खुमा अर्याल लगायत अन्य संचालकहरुले असुलिरहेका छन्। ती नाजायज शिर्षक भित्र Community Field Visit, Library Fee, Transportation लगायात अरु शिर्षकको नाममा सरकारले तोकेको शिक्षण शुल्क भित्र परेपनि दोहोराएर "वार्षिक शुल्क " अवैधानिक रुपमा २ लाख रुपैयाँ प्रत्येक वर्ष “वार्षिक परिक्षा सामेल गराइदिन्नौं”  भनेर बन्चित गराइदिने धम्कि दिएर मानसिक यातना र दवाबमा तिर्न बाध्य बनाइएका  छन्।  त्यति मात्र नभईकिन ५ बर्ष अध्ययन (विद्यार्थी संख्या १०७ ) गरिसकेपछि internship गर्दा परिश्रम गरेबापत दिने भत्ता उल्टै विद्यार्थीबाटै  भर्ना गर्ने समयमा १,८०,००० रकम असुलेका छन् जसको ब्याज आफै खान्छन, कलेज संचालकहरुले।  साथै Registration Fee को नाम मा ४५,०००  रकम उठाईएको छ।  सरकारले तोकेको किस्ताबन्दिको प्रक्रियामा हामीले ५०% शिक्षण शुल्क भर्ना गर्ने समयमै  तिर्नु पर्ने, २५% दोश्रो बर्षको अन्तिममा र बाँकि तेश्रो बर्षमा तिर्नु पर्ने हुन्छ तर कलेजले अतिरिक्त शुल्क लिंदै आइरहेको हुनाले गर्दा विद्यार्थीले तेश्रो वर्ष पुग्नासाथ ४२ लाख तिरिरहेको र कतिपय विद्यार्थीहरुले ५० लाख भन्दा बढी रकम तिरिसकेको व्यहोरा जानकारी गराईन्छ। धेरै जसो विद्यार्थीहरुबाट भर्ना गर्ने समयमै कलेज संचालकहरुले कुनै प्रकारको बिल नदियिकन २५-३५ लाख रकम विद्यार्थीबाट भर्ना नगरिदिने डर त्रास देखाएर लिएका छन्।
-३_ MBBS को ८ औं  ब्याच (सन् २०१७ ) मा अध्धयनरत विद्यार्थीहरुले २ लाख देखि ६ लाख सम्म अतिरिक्त शुल्क तिरिसकेका छन्।  यस संगै Internship fee १,९२,००० लिईरहेको अवस्था पनि छ जुन चाहिं गैरकानुनि हो।  २५ सय लिनु पर्नेमा TU/IOM/NMC Registration Charge  रु ५०,०००  लिएको, लिन नपाउने रकम Security Deposit  रु ५०,००० लिएको, TU विश्वविद्यालय सेवा शुल्क  ८००० लिन पाउनेमा रु ८४,९०० लिएको  गैरकानुनि हो।  
४) MBBS को ९औं  ब्याच (सन् २०१८ ) मा अध्यनरत विद्यार्थीहरुले सरकारले तोकेको ५०% शिक्षण शुल्क तिरेर गण्डकी मेडिकल कलेजमा भर्ना भैसकेपछि खुमा अर्यालले कजेलका विभिन्न कर्मचारीहरु मार्फत ३ लाख रकम उठाएका छन्।  तीन लाख रुपैयाँ भित्र ७५,००० प्रत्येक तीन महिनाको हिसाबले internal exam, transportation, community lodging, welfare, autopsy, sports र program development / medical benefit को नाममा उठाईएको छ, जुन चाहिं ४२,४५,००० भित्रै पर्छ।  यो अतिरिक्त शुल्क पनि अरु वर्षका विद्यार्थीहरुलाई झैं डर त्रास देखाएर लिईरहेका छन्। 

५) B.Sc. Nursing पहिलो ब्याज सन २०१७ माअध्यानरत त्रि वि सम्बन्धनप्राप्त गण्डकी मेडिकल कलेज विद्यार्थीहरुले सरकारले रु ५,०२,५६२.५। शिक्षण शुल्क तोके वापत शुल्क जम्मा गरेता पनि कलेज सञ्चालक खुमा अर्याल लगायत अन्य सदस्यहरुले विधिन्न शिर्षकमा रु १,४५,०६६। सम्म अतिरिक्त शुल्क प्रत्येक विद्यार्थीबाट असुली रहेका जानकारी गराउछौँ । ती अन्य शिर्षक भित्र Library fee, Transportation, Registration, Medical Test, त्रि वि सेवा शुल्क तथा Education tax का नाममा सरकारले तोकेको शिक्षण शुल्कभित्र परेतापनि दोहोराएर वार्षिक शुल्क अवैधानिक रुपमा नाजायज शिर्षकमा रु ७८,०००। पहिलो वर्ष जम्मा नगरे भर्ना हुननपाउने), रु ३३,३३३। दोस्रो वर्ष र रु ३३,३३३।( तेस्रो वर्ष नबुझाए सम्म वार्षिक परिक्षामा सामेल हुन वन्चित गराउने धम्कि दियर कलेजका कर्मचारी युवराज शर्मा र दिनेस पौडेलले मानसिक यातना दियर दवावमा पारी शुल्क तिर्न वाध्य बनाइएको जानकारी गराउछौँ। यस लगायत नियम अनुसार परिक्षा दस्तुर रु २,५००। लिनुपर्ने भएता पनि कलेज प्रसासनले रु ६,५००। असुलेको र जवाफम External examiner का लागि सुविधा थपको कारण देखाइ यसै कलेजका शिक्षक लक्षमण प्रसाद शर्माबाट विभिन्न धम्कि आएकाले थप शुल्क जम्मा गर्न विद्यार्थीलाइ वध्य गराएको पनि जानकारी गराउछौँ । यस सम्बन्धमा २०७४ माघ १५ का दिन जिप्रका कास्कीमा कलेज प्रसासन र विद्यार्थी तथा अविभावक विच कलेजले असुलेको अतिरिक्त रकम फिर्ता गर्ने र सरकारले तोकेको शिक्षण शुल्कबाहेक अन्य रकम नलिने सम्झौता भएता पनि कलेज प्रसासनले आजका मिति सम्म कुनै रकम फिर्ता नगरेको जानकारी गराउछौँ । 

६) B.Sc. Nursing पहिलो ब्याज सन २०१५ मा अध्यानरत त्रिवि सम्बन्धन प्राप्त गण्डकी मेडिकल कलेज विद्यार्थीहरुले सरकारले रु ६,९७,१२२। शिक्षण शुल्क तोके वापत शुल्क जम्मा गरे तापनि कलेज सञ्चालक खुमा अर्याल लगायत अन्य सदस्यहरुले विधिन्न शिर्षकमा रु २,२३,८७८। सम्म अतिरिक्त शुल्क प्रत्येक विद्यार्थीबाट असुली रहेका जानकारी गराउछौँ ।

७) गण्डकी मेडिकल कलेजका BDS तेश्रो व्याज (सन २०१८) मा अध्ययनरत विद्यार्थीहरुबाट अन्य शुल्क भनेर सरकारले तोकेको रु.१९,३२,६१२ शिक्षण शुल्कमा पनि रु.४,१८,००० थपेर रु.२३,५१,००० सम्म लिने गरेका छन, खुमा अर्याल तथा अरु सञ्चालकहरुले । भर्ना गर्ना साथ नियम अनुसार सरकारले तोकेको जम्मा शुल्क को ५० पतिशत मात्र तिर्नुपर्ने किस्ता भएपनि कलेजले मनपरि १४३६५२ भन्दा वढि शुल्क (Annual Fee 50000, TU Registration 50000, Application and Medical Check up = 5000_ इत्यादि लिई सकेको र साथै वार्षिक रु.५०,००० मागिएको छ । चौथौं वर्षमा Internship Fee = 120000 माग गरिएको छ ।

८) BDS दोश्रो व्याज (सन २०१९) मा अध्ययनरत विद्यार्थीहरुबाट अन्य शुल्क भनेर सरकारले तोकेको १९,३२,६१५। शिक्षण शुल्क तोके वापत पनि कलेज सञ्चालकले विभिन्न नाजायज माग गरि पत्येक विद्यार्थीहरुवाट २,८२,९७८। विभिन्न कर्मचारीहरु मार्फत असुलेका छन । भर्ना गर्ना साथ नियम अनुसार सरकारले तोकेको जम्मा शुल्क को ५० पतिशत मात्र तिर्नुपर्ने किस्ता भएपनि त्यस शुल्क भन्दा अतिरिक्त २,८२,९७८। -TU/IOM/NMC Reg. charge = 50000, Internship fee Rs. 120000, Application and Medical Test = Rs.5000 Tribhuwan Bishow Bidhyalaya Sewa Shulka Rs.38652/-, Education Tax Rs.19326 / %)))).- विना शुल्क लिएको हो । यसका साथै अवैधानिक रुपमा वार्षिक शुल्कको नाममा पत्येक वर्ष रु.५०००० -Library  Fee, Medical Benefit, Internal Exam जस्ता शिर्षकमा माग गरेको छ । जुन सरकारले तोकेको रु.१९,३२,६१२ भित्र पर्दछ । सरकारले परिक्षा फाराम को शुल्क रु.२५०० तोके पनि कलेजले पत्येक फाराम को शुल्क रु.६५०० लिदै आएको छ । हालसम्म हामिले अतिरिक्त शुल्क जम्मा रु.२८६९७८ कोहिले (२ जनाले) रु ३,३६,९७८ वुझाइसकेका । यो अतिरिक्त शुल्क पनि अन्य संकायलाई जसरी नै परिक्षाको नाममा डर, त्रास देखाएर लिएका छन ।   

९) BSC Nursing पहिलो ब्याज(स.न. २०१५) मा अध्यानरत त्रि. वि. सम्बन्धन प्राप्त गण्डकी मेडिकल कलेज विद्यार्थीहरुले सरकारले रु ६,९७,१२२ शिक्षण शुल्क तोके वापत शुल्क जम्मा गरे तापनि कलेज सञ्चालक खुमा अर्याल लगायत अन्य सदस्यहरुले विधिन्न शिर्षकमा रु २,२३,८७८ सम्म अतिरिक्त शुल्क प्रत्येक विद्यार्थीबाट असुली रहेका जानकारी गराउछौँ ।

१०) BNS दोस्रो व्याच सन २०१८ मा अध्ययनरत त्रि वि सम्बन्धन प्राप्त गण्डकी मेडिकल कलेज विद्यार्थीहरुले सरकारले ५,०२,५६३ शिक्षण शुल्क तोके वापत पनि कलेजले संचालनले विभिन्न नाजायत शिर्षकमा ५८ हजार सम्म अतिरिक्त शुल्क प्रत्येक विद्यार्थीबाट खुमा अर्याल लगायत अन्य संचालकहरुले असुलिरहेका छन्। जुन पहिलो वर्ष ५५ हजार, दोस्रो वर्ष १५ हजार र तेस्रो वर्ष १५ हजारसम्म अतिरिक्त शुल्क प्रत्येक विद्यार्थीबाट असुली रहेका जानकारी गराउछौँ । जुन पहिलो वर्ष ५५ हजार, दोस्रो वर्ष १५ हजार र तेस्रो वर्ष १५ हजार गरि बुझाउनु पर्ने कलेजको दबाब छ । ती नाजायज शीर्षक भित्र TU + NMC+IOM(25000) registration, TU service charge, sports + student welfare +medical benefit, Internal exam fee + community field visit, whole body checkup, Transportation fee जस्ता शीर्षकको नाममा सरकारले तोकेको शिक्षण शुल्क भित्र परेपनि दोहोराएर तिर्नु पर्ने यदि शुल्क नतिरे वार्षिक परीक्षामा सामेल नगरिने भनेर धम्की दिएर तिर्न बाध्य बनाएका छन् । शुल्क तिरेपछि पनि कलेज प्रशासनले शुल्क तिरेको बिल उपलब्ध गराएको छैन ।

११) गण्डकी मेडिकल कलेजको Bsc. Nursing चौथो batch(2018 A.D.)मा अध्यनरत बिद्यार्थीबाट अन्य शुल्क भनेर सरकारले तोकेको रु ७४८६३०/- शिक्षण शुल्क मा पनि रु ५३५०००/- थपेर रु १२८४६०३/- सम्म लिने गरेका छन् । खुमा अर्याल तथा अरु संचालकहरुले भर्ना गर्ना साथ नियमानुसार सरकारले तोकेको जम्मा शुल्कमा ५०% मात्र तिर्नु भए पनि कलेजले मनपरी रु ७६०००/- भन्दा बढी शुल्क (Quarterly annual fee 31,000/- ; 4years Rs.4,96,000/-,TU registration Rs.25000/-,TU service cost  Rs.14000/-,medical checkup Rs.35000/-) लिसकेको छ र साथै 4  बर्षमा रु ५३५०००/- अतिरिक्त शुल्क मागेको छ ।  

१२) मेडिकल क्षेत्रलाई माफियाकरणबाट बचाउने दायित्व हरेक नागरिकको पनि हो । यी कलेज संचालकको शूरुदेखि कै लगानी कालोधनमा आधारित भएको पर्यात्व आधारहरु भएको र त्यसको लगानीबाट थप अकुत अवैध सम्पत्ति आर्जन गरी सुद्धीकरण गरेको देखिन्छ । सो कलेजको एमविविएस, विडिएस, विएनसि, विएमआइटी, विएमएलटी, विपिएच, वि.फार्मेशी, विएस्सी नरसिंग तथा पिजिका हजारौ विद्यार्थी तथा तिनका अभिभावकहहरु यी कसुरदारहरुहरुबाट  निरन्तर हाकाहाकी रुपमा ठगिई रहेको अवस्था छ । आपाराधिक दायित्व वार्ता र सहमतिबाट समाप्त हुने वा कसुरदारले उन्मुक्ति पाउने अवस्था छैन । विगत एक महिना भन्दा वढी अवधि देखि विद्यार्थीहरु आन्दोलिन हुँदा समेत कसुरमा संलग्न व्यक्ति उपर कारवाही हुन नसकेको र नियम बमोजिमको शूल्क तिरी पठनपाठन गर्न, परिक्षामा सहभागि हन पाउने हकबाट बञ्चित भैरहेको अवस्था छ ।  

१३)निम्न सुचना तथा प्रमाण कागजलाई प्रमाणमा लगाई पाऊँ ।  
१) यसै विषयमा कान्तिपुर दैनिकमा सुदिप कैनीद्वारा लेखिएका तथ्यपरक समाचार रिपोर्टहरु तथा सम्पादकीय पनि समावेश गरेका छांै । ती समाचारमा उल्लेखित सुचनालाई समेत आधार मानी विस्तृत अनुसन्धान गरी पाऊँ ।
२) यस सम्बन्धमा हालै नेपाल मेडिकल काउन्सिलले गठन गरेको छानवीन समितिले पेश गरेको छानवीन प्रतिवेदन समेत झिकाई प्रमाणमा लगाई पाऊँ ।
३) २०७४ माघ १५ का दिन जिप्रका कास्कीमा कलेज प्रसासन र विद्यार्थी तथा अविभावक विच कलेजले असुलेको अतिरिक्त रकम फिर्ता गर्ने र सरकारले तोकेको शिक्षण शुल्कबाहेक अन्य रकम नलिने सम्झौताको प्रतिलिपी (कार्यन्वयन  नगरेको) ।
४) पीडित विद्यार्थी तथा अभिभावकहरुबाट समेत थप सुचना लिई सिघ्र अनुसन्धान गरी कारवाही गरी पाऊँ । 

उजुरीकर्ता
प्रितम सुवेदी, इनरुवा १, सुनसरी (मोवाइल नं. ९८४२३५६४६६)
चिकित्सा शिक्षा सुधार अभियानमा संलग्न अभियन्ता

विजयवावु शिवाकोटी, भिमेश्वर १, दोलखा (मोवाइल नं. ९८४१२११६८४) 
चिकित्सा शिक्षा सुधार अभियानमा संलग्न अभियन्ता

अनित सिन्हा, गण्डकी मेडिकल कलेजका विद्यार्थी (मोवाइल नं. ९८४४०२२७१७), चिकित्सा शिक्षा सुधार अभियानमा संलग्न अभियन्ता
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ