arrow

९१ वर्षीया पूर्ववडामहारानी रत्न अस्पतालमा 

logo
प्रकाशित २०७५ फागुन २२ बुधबार
ratna-rajya-laxmi.jpg

काठमाडौँ । पूर्ववडामहारानी रत्न शाह बिरामी भएकी छिन् । उमेरले ९१ वर्ष पुगेकी रत्न एक सातादेखि खोकीले सताएपछि अस्पताल पुगेकी हुन् । 

उनलाई निरन्तर सुख्खा खोकी लाग्ने भएपछि हैरान भएर नर्भिक अस्पताल लगिएको हो । उनलाई हाल पातलो दिशा हुने र पिसाब कम हुने समस्या पनि देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । 

उनको उपचारमा डा खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे र डा ब्रजेन्द्रश्री बास्तव खटिएका छन् । 

रत्नका छोरा बुहारी पूर्वराजा ज्ञानेन्द्र शाह र कोमल शाह तराई भ्रमणमा रहेका छन् । यसअघि गत माघमा रत्नका नाति पनि मुटुमा समस्या भएपछि नर्भिक नै उपचार गरेर फर्केका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ