arrow

२४ जनाको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी अमेरिका यात्रामा  

logo
प्रकाशित २०७५ फागुन २२ बुधबार
vidya-devi-bhandari-president-nepal.jpg

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही फागुन २६ गते अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै छिन् ।  

लैङ्गिक समानता तथा महिला सशक्तीकरण प्रवद्र्धनमा केन्द्रित अन्तर्राष्ट्रियस्तरको प्रमुख अन्तरसरकारी उक्त निकायको ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ । 

जेनेभामा हालै भएको राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४०औँ बैठकका उपलब्धिबारे मङ्गलबार परराष्ट्र मन्त्रालयमा सञ्चारकर्मीहरूलाई जानकारी दिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा रहने बताए ।

प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयका सचिव, राष्ट्रपति कार्यालय सचिव, सोही कार्यालयका विज्ञसहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव, सरकारी र गैरसरकारी क्षेत्रका २४ जना सदस्य छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ