arrow

नेपाल प्रहरीलाई हेलिकोप्टर  

logo
प्रकाशित २०७५ फागुन २२ बुधबार
Nepal-police_HQ.jpeg

काठमाडौं । नेपालमा हेलिकोप्टरको प्रयोग बढ्दो छ । जत्ति यसको सदूपयोग भइरहेको छ त्यत्ति नै सरकारी तहबाट यसको दुरुपयोग भइरहेको आरोप लाग्नेगर्छ । 

मन्त्रीले कुनै सामान्य कार्यक्रममा जाँदा पनि हेलिकोप्टर बोकेर जाँदा राज्यलाई पर्ने भार स्पष्टै हुन्छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकोप्टरको माग गर्दा भने नेपाली सेनाले आलोचना खेप्नुपरेको छ । गरिब देशका जनताकी राष्ट्रपति सुखभोगी भएको भन्दै आलोचना भएको हो । 

विपद व्यवस्थापनको लागि नेपाली सेनाका भने हेलिकोप्टर छन् । सेनाले विपद्का बेलामा राम्रो सेवा दिइरहेको छ । 

अब पालो प्रहरीको 
नेपाल प्रहरीले पनि हेलिकोप्टरको माग गरेको छ । नेपाल प्रहरीले गृह मन्त्रालयसँग सातवटा हेलिकोप्टर खरिद गर्न बजेट माग गरेको हो । प्रहरीले खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि सातवटै प्रदेशमा सातवटा हेलिकोप्टर आवश्यक भएको भन्दै खरिदका लागि प्रहरीले बजेट माग गरेको हो ।

सशस्त्र द्वन्द्वको समयमा पनि प्रहरीले हेलिकोप्टर खरिद गर्नका लागि गृह मन्त्रालयसँग बजेट माग गरेको थियो । तर प्रहरीलाई गृह मन्त्रालयले भने बजेट उपलब्ध गराएको थिएन ।

२०१२ सालमा स्थापना भएको प्रहरी संगठनले पटक–पटक हेलिकोप्टर खरिदका लागि बजेट माग गर्दै आएको छ । हेलिकोप्टर प्रहरीलाई आवश्यक भए पनि गृह मन्त्रालयले अहिलेसम्म हेलिकोप्टर खरिद गर्न बजेट उपलब्ध गराएको छैन ।

दुर्घटनापछिको खोज तथा उद्धारमा जनशक्ति व्यवस्थापनमा हेलिकोप्टर आवश्यक भए पनि प्रहरी संगठनले प्राप्त गर्न सकेको छैन ।

प्राकृतिक विपद्पछिको खोज तथा उद्धारमा जनशक्ति पठाउनका लागि निजी क्षेत्रको हेलिकोप्टर पठाउनुपर्ने अवस्था रहेको प्रहरीले बताएको छ ।

जनजनमा छिट्टै खटिने प्रहरीले हेलिकोप्टर नपाएको भन्दै प्रहरीमा यसअघि देखिनै चिन्ता छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ