arrow

युवा नेतृत्व विकास कार्यक्रममा छानिइन् नीमा गिरी 

logo
प्रकाशित २०७५ फागुन २२ बुधबार
neema_giri.png

काठमाडौं । काँग्रेसका महासमिति सदस्य नीमा गिरी युवा नेतृत्व विकास कार्यक्रमका लागि छनोट भएकी छिन् । उनी नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीतिकमा सक्रिय छिन् । 

लिडरशिप एकेडेमी र अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिसको संयुक्त आयोजनामा सो कार्यक्रम हुन लागेको हो । नेपाली उदीयमान नेतृत्व विकास कार्यक्रम २०१९ नाम दिइएको यो कार्यक्रमको दोस्रो शैक्षिक सत्रका लागि प्रदेश नम्बर ५ बाट उनी छनोट भएकी हुन् । 

उनी प्यूठान जिल्लाबाट सो कार्यक्रमका लागि छानिएकी हुन् । नेपालमा युवाको नेतृत्व विकासका लागि यो कार्यक्रम हुँदै आएको छ । कार्यक्रमले नेपालमा युवा नेतृत्व विकासका लागि सहयोग पुग्ने आयोजकको विश्वास छ । कार्यक्रममा विभिन्न प्रदेशबाट नेतृत्वमा पुग्नसक्ने युवा सहभागी हुनेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ