arrow

राजपाको आकस्मिक बैठक बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी 

logo
प्रकाशित २०७५ फागुन २२ बुधबार
RJP-flag.jpg

काठमाडौं । राजपाका सांसद रेसम चौधरीमाथि कैलाली जिल्ला अदालतले गरेको फैसला पछि राष्ट्रिय जनता पार्टीको आकस्मिक बैठक सुरु भएको छ । अदालतले विभेदपूर्ण निर्णय गरेको आरोप लगाउँदै राजपाले आकस्मिक बैठक गर्न लागेको हो । 

बुधबार मात्रै कैलाली जिल्ला अदालतले चौधरी सहित टीकापुर घटनाका अभियुक्त ११ जनालाई जन्मकैदको फैसला गरेको थियो । सो लगत्तै बसेको आकस्मिक बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने नेताहरुले बताएका छन् । 

राजपाका महासचिव केशव झाले आफ्ना सांसद चौधरीको मामिलामा विभेदयुक्त निर्णय भएको र त्यसबाट न्यायलय नै विभेदको चंङ्गुलमा फसेको आरोप लगाएका छन् । उनले अब पार्टीको बैठकको निर्णय अनुसार आफूहरु आन्दोलनमा जाने जानकारी समेत दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ