arrow

प्रधानमन्त्री ओली दिनभर अस्पतालमा 

logo
प्रकाशित २०७५ फागुन २२ बुधबार
exPM_oli.jpg

काठमाडौं । मुटुको नियमित परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई साँझसम्म पनि अस्पतालमा नै राखिएको छ । विहान सवा १० बजे अस्पताल पुगेका ओली साँझ साढे ५ बजेसम्म पनि अस्पतालमा नै रहेको अस्पताल प्रशासनले जनाएको छ। उनको रगत, इसिजी, एक्सरे परीक्षण गरेपछि उनलाई अहिले सिसियूमा भर्ना गरिएको समेत अस्पताल प्रशासनले जनाएको छ । 

यद्यपि अस्पताल प्रशासनले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । बढी धपडी देखिएकोले केही समय चिकित्सकहरुको निगरानीमा अस्पतालमा नै आराम गर्न चिकित्सकहरुले आग्रह गरेपछि उनी अहिले अस्पतालमा नै आराम गरिरहेको शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा डा उत्तम कृष्ण श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

बुधबार प्रधानमन्त्रीको पूर्वाधार विकास बैंकको उद्घाटन र बीरगञ्जमा चलिरहेको अश्वमेध यज्ञको समापन कार्यक्रममा सहभागी बन्ने कार्यक्रम थियो । तर, स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । प्रधानमन्त्री ओलीको उपचार प्रा डा अरुण सायमीको नेतृत्वको टोलीले गरिरहेको अस्पतालले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ