arrow

हेलिकप्टर दुर्घटनामा हराएको सेनाका जमदार अर्जुन घिमिरेको पेस्तोल फेला

logo
रासस,
प्रकाशित २०७५ फागुन २२ बुधबार
nepal-army-logo.jpg.jpeg

काठमाडौं। ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० स्थित तारेभीरको जङ्गलमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा हराएको पेस्तोल फेला परेको छ। यही फागुन १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित चढेको हेलिकप्टर दुर्घटना हुँदा उनका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरेले बोकेको नाइन एमएमको पेस्तोल हराएको थियो।

ताप्लेजुङको अस्थायी प्रहरी चौकी माथिल्लो फेदी र नेपाली सेनाको टोली घटनास्थलमा गई खोजी गर्ने क्रममा उक्त पेस्तोलसहित दुई थान म्याग्जिन, तीन थान साबुत गोली, तीन वटा खोका र मोबाइल जलेको अवस्थामा फेला परेको प्रहरीले आज जानकारी दिएको छ। सो दुर्घटनामा मन्त्री अधिकारी र जमदार घिमिरेसहित सात जनाको निधन भएको थियो। तेह्रथुमको एक कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्कने क्रममा खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ