arrow

सभापति देउवा साताव्यापी जिल्ला भ्रमणमा जाँदै

logo
रासस,
प्रकाशित २०७५ फागुन २२ बुधबार
deuba--nc-congress-1.jpg

काठमाडौं। नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुन छदिने जिल्ला भ्रमण जाने भएका छन्। काङ्ग्रेस केन्द्रीय कार्यालयले पार्टी सभापति देउवा प्रदेश नं १ र गण्डकी प्रदेशका विभिन्न जिल्लामा पार्टी कार्यक्रमलाई सम्बोधन गर्न तथा कार्यकर्ता भेटघाटका लागि जाने भ्रमण तालिका सार्वजनिक गरेको छ।

भ्रमण तालिका अनुसार उनी बिहीबार बिहान विराटनगर प्रस्थान गर्नेछन्। उनी मोरङबाट काङ्ग्रेसका तर्फबाट निर्वाचित नगरपालिकाका प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षबीच छलफल कार्यक्रममा सहभागी हुनेछन्। सोही दिन मोरङबाट निर्वाचित सांसदसँग छलफल कार्यक्रममा सहभागी भई उनी काठमाडौँ फर्ककेछन्।

सभापति देउवा कार्यकर्ता भेटघाट र पार्टीका कार्यक्रममा सहभागी हुन फागुन २४ गते पोखरा प्रस्थान गर्ने पार्टी कार्यालयले जनाएको छ। उनी फागुन २५ गते बिहान पोखराबाट हेलिकप्टरद्वारा म्याग्दीको सिंहा तातोपानी प्रस्थान गरी त्यहाँबाट सडक मार्ग हुँदै बेनीबजार जाने र त्यहाँ काङ्ग्रेस जिल्ला कार्यसमिति म्याग्दीको भवन उद्घाटनसभालाई सम्बोधन गर्नेछन्।

सभापति देउवा फागुन २६ गते बिहान बेनीबाट सडक मार्ग हुँदै पर्वतको जलजला गाउँपालिकाको मिलनचोक जाने र त्यहाँ काङ्ग्रेस जलजला गाउँ कार्यसमितिको भवनको शिलान्यास गर्नेछन्। सोही दिन उनी बाग्लुङबजार प्रस्थान गरी कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पार्टी कार्यालयले जनाएको छ।

फागुन २७ गते उनी बिहान बाग्लुङ सदरमुकामबाट पर्वतको कुश्मा जाने र काङ्ग्रेस पर्वत जिल्ला सम्मेलनलाई सम्बोधन गरी पोखरा प्रस्थान गर्नेछन्। त्यसदिन पोखरामै बस्ने र फागुन २८ गते बिहान काठमाडौँ फर्कने भ्रमण तालिका पार्टीले सार्वजनिक गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ