arrow

प्रधानमन्त्रीबाट एक महिना ढिलो ल्होसारको शुभकामना

logo
प्रकाशित २०७५ फागुन २३ बिहिबार
Tweet-PM.jpg

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ल्होसार सकिएको एक महिना पछि शोनाम ल्होसारको शुभकामना दिएका छन्। 

माघ २२ गते २०७५मा रहेको ल्होसारको शुभकामना फाल्गुन २३, २०७५मा दिंदै प्रधानमन्त्रीले ‘स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।‘ ट्विट गरेका छन्। 

शेर्पा समुदायले मनाउँदै आएको ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

— KP Sharma Oli (@PM_Nepal) March 7, 2019

के कसो कारणले यो शुभकामना ढिलो हुन गएको बारेमा थप कुनै पनि ट्विटहरु आएका छैनन् । के कति कारणले यो ढीलाई भएको बारे प्रधानमन्त्री कार्यलयले पनि केही जनाएको छैन। 

माघ महिनाको क्यालेण्डरमा २२ गते ल्होसार परेको छ।

No photo description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ