arrow

प्रेस युनियन खोटाङको अध्यक्षमा चौलागाईं

logo
रासस,
प्रकाशित २०७५ फागुन २३ बिहिबार
Nepal-Press-Union_20140908050041.jpg.jpeg

खोटाङ। प्रेस युनियन नेपाल जिल्ला शाखा खोटाङको अध्यक्षमा उत्तम चौलागाई निर्विरोध चयन भएका छन्। बुधबार साँझ सम्पन्न युनियनको छैठौँ जिल्ला अधिवेशन तथा नवौँ साधारणसभाबाट चौलागाई अध्यक्षमा निर्विरोध चयन भएका छन्।

अधिवेशनबाट उपाध्यक्षमा ताराचन्द्र बस्नेत, कृष्णकला राई, सचिवमा चिसाङ शेर्पा, सहसचिवमा दीपा बस्नेत र कोषाध्यक्षमा खेमराज अधिकारी चयन भएका छन्। अधिवेशनले १५ सदस्य समिति निर्माण गरेको जनाइएको छ।

केन्द्रीय प्रतिनिधिमा कृष्ण आचार्य, दिलीप खत्री, उजिर कार्की, अमृत गिरी, रविना सुवेदी र मनिषा गिरी चयन भएका छन्। प्रदेश प्रतिनिधिमा गोपाल राई, सुनिता राई, अश्विन राउत, सरिता राजभण्डारी, ओजनबाबु आचार्य, समराज राई, तारानाथ फुयाल र इन्द्रकला राई चयन भएका छन्। अध्यक्ष चौलागाई नेपाल पत्रकार महासङ्घका जिल्ला सचिवसमेत छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ