arrow

कञ्जनपुर घटनामा सुरुमै गर्नुपर्ने काममा प्रहरी भर्खर सक्रिय

logo
प्रकाशित २०७५ फागुन २३ बिहिबार
nirmala-dhiru-basnet.jpg

काठमाडौं । नेपाल प्रहरीले कञ्चनुरकी १३ वर्षीया निर्मला पन्तको विषयमा सुरुमै गर्नुपर्ने काममा भर्खरै सक्रियता देखाएको छ । बिहीबार कञ्चनपुर प्रहरीले प्रहरी नायव उपरीक्षक ९डीएसपी० ज्ञान बहादुर सेट्ठी सहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा इन्सपेक्टर एकेन्द्र खड्का र चाँदनी साउद रहेको कञ्चनपुर प्रहरीले जनाएको छ । 

निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनामा कञ्चनपुरका प्रहरीहरुले प्रमाण नष्ट गराएको आरोपमा उनीहरुलाई पहिले नै कारबाही गर्नुपर्नेमा प्रहरीले अहिलेसम्म उनीहरुलाई पक्राउ गर्न सकेको थिएन । गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिले अनुसन्धान कार्यका जिम्मेवारी पूरा गर्न नसकेको आरोपमा प्रहरी उपरीक्षक डिल्लीराज बिष्टका अतिरिक्त सो कार्यमा खटिएका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अङ्गुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी समेतलाई दोषी ठहर गर्दै निलम्बन गर्न भनेको हो । 

त्यस्तै, उनीहरु विरुद्ध निर्मला पन्तकी आमाले पनि किटानी जाहेरी दिएकी थिईन् । निर्मलाकी आमा दूर्गादेवीले इन्सपेक्टर जगदीश भट्ट, सईहरु हरिसिंह धामी, रामसिंह धामी र प्रहरी जवान चाँदनी साउदविरुद्ध किटानी जाहेरी दर्ता गराएकी थिईन् । 

त्यस्तै, राष्ट्रिय मानव अधिकार आयोगले गरेको अध्ययन प्रतिवेदनले पनि तिनै प्रहरीहरुको कमजोरी औल्याएको थियो । यसरी दुईवटासम्म अध्ययन प्रतिवेदनले उनीहरुलाई दोषी देखाउँदा पनि प्रहरीले भने अहिलेसम्म उनीहरुलाई पक्राउ गर्न सकेको थिएन । अहिले ६ जनालाई पक्राउ गरिएको भएपनि बाँकी डिएसपी अंगुर जिसी सहित २ जनालाई भने प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । 

निर्मला पन्तको गत साउन १० गते कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा साथीको घर जाँदा हराएकी किशोरी पन्तको मृत शरीर भोलिपल्ट स्थानीय उखुबारीमा फेला परेको थियो ।

स्थानीय बासिन्दाले हत्याकाण्डमा प्रहरीको हात रहेको आशंका गरी छानबिन माग गरेका थिए । प्रहरीको विरूद्धमा भएको प्रदर्शनमा गोली लागी थप एक युवकको समेत मृत्यु भएको थियो । त्यसपछि भदौ ७ गते सरकारले उक्त घटनाको लागि एक विशेष छानबिन समिति गठन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ