arrow

काठमाडौँको मख्खनगल्लीमा आगलागी

logo
प्रकाशित २०७५ फागुन २३ बिहिबार
fire.jpeg

काठमाडौं। काठमाडौँ महानगरपालिका–१८ स्थित मख्खनगल्लीमा आज दिउँसो आगलागी भएको छ। मासु पसल र कस्मेटिक पसलसमेत रहेको स्थानीयवासी प्रमोद तुलाधरको घरमा आगलागी भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए। दिउँसो १२:४५ बजे लागेको आगो स्थानीयवासीको सहयोगमा जनपद प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले दिउँसो ३ बजे निभाएको उनले जानकारी दिए।

आगो निभाउन विभिन्न क्षेत्रका चार दमकलको प्रयोग गरिएको थियो। सो क्रममा दोलखाका २१ वर्षीय राजन थापा घाइते भएकाले उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट नजीकका केही घरमा समेत क्षति पुगेको बताइएको छ।

आगलागी भएको क्षेत्रमा ग्यास स्टोरसमेत रहेको र केही ग्याससमेत पड्किएको स्थानीयवासीले बताएका छन्। क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ। आगलागीका कारण अहिलेसम्म खुलेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ