arrow

अपांगमैत्री सडक नबनाएको भन्ने विरोध पछि निर्माणस्थलबाटै मन्त्रीले दिए निर्देशन

logo
प्रकाशित २०७५ फागुन २३ बिहिबार
minister_mahaseth_chabahil.jpg

काठमाडौं । अपांगता सम्बन्धी सरोकार राख्ने विभिन्न संस्थाका प्रतिनिधिहरुले सडक निर्माणको क्रममा अपांगमैत्री सडक नबनाएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँग विरोध जनाएका छन् । 

चावहिल जोरपाटी सडक निर्माण गर्दा अपाङ्गमैत्री संरचना निर्माण नगरेपछि अपाङ्गमैत्री संरचना निर्माण संघर्ष समिति, गोकर्णेश्वर र स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरको संयुक्त टोली मन्त्री महासेठलाई निर्माणस्थलमै लगेर यस्तो विरोध गरेका हुन् । बिहीबार दुबै स‌ंस्थाहरुले सडक खण्डको निरीक्षण गर्न मन्त्रीलाई निर्माण स्थलमै बोलाएका थिए ।

निर्माणस्थलको निरीक्षण पछि महासेठले सडक विभागका महानिर्देशक तथा निर्देशकहरुलाई सडक निर्माण गर्दा अपांगता भएकाहरुको लागि ह्वीलचेयर हिँड्न सक्ने बाटो र दृष्टिबिहीनहरु समेत सहजै हिँड्न सक्ने बाटो निर्माण गर्न निर्देशन दिएका छन् । 

ुअपाङ्गता भएका व्यक्तिहरुको समस्यालाई नजिकबाट नियालिरहेको छु, फाइलहरु अध्ययन गरेको छु, अब केही समय लाग्ला तर उपत्यका भित्र सबै संरचना अपाङ्गता मैत्री हुन्छु मन्त्री महासेठले भने । अभियानकर्ताहरुले सबैको लागि पहुँच सहितको समाज निर्माण गर्न आवश्यक रहेकोले यदि सरकारले यसलाई बेवास्ता गरी सडक बनाएमा त्यस्ता अबरोधयुक्त सडकको पेटी भत्काउने अभियान थाल्ने मन्त्रीलाई चेतावनी दिएका छन् । 

सो अभियानमा संघर्ष समितिका सदस्य ऋषि ढकाल र स्वाबलम्बन जीवन पद्धति केन्द्र ललितपुरका अध्यक्ष भोजराज श्रेष्ठ लगायतको टोली सहभागि थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ