arrow

टीकापुर घटनाका दोषी ११ जना को-कहिले छुट्छन् जेलबाट ? 

logo
प्रकाशित २०७५ फागुन २३ बिहिबार
resham-chaudhari.jpg

काठमाडौं । कैलाली जिल्ला अदालतले टीकापुर घटनाका आरोपी सांसद रेशम चौधरी सहित ११ जनालाई जन्मकैदको फैसला गरेको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले उनीहरु विरुद्ध परेको उजुरीमा यस्तो फैसला गरेका हुन् । जन्मकैदको फैसला सुनाईएका ११ जना नै अहिले पनि पुर्पुक्षको लागि थुनामा छन् । उनीहरुको पुर्पुक्षको लागि थुनामा बसेको समयावधिको पनि गणना हुने बताइएको छ । 

कूल ५८ जना विरुद्ध मुद्दा परेकोमा ३१ जना भने फरार रहेका छन् । यो फेसला अहिले २७ जनाको हकमा मात्रै रहेको भन्दै बाँकीको हकमा भने प्रहरीले उनीहरुलाई पक्राउ गरी फेरि मुद्दा चलाउनु पर्नेछ । ११ जना जन्मकैद फैसला पाएकाहरु मध्ये पनि केही ०७२ सालदेखि नै पुर्पुक्षको लागि थुनामा रहेकोले उनीहरुको सो समयसमेत गणना गर्न लागिएको हो ।

कैलाली जिल्ला अदालतको पूर्ण पाठमा उल्लेख भए अनुसार ती ११ जना दोषीहरु कहिलेसम्म जेलमा बस्छन् ? त्यो जानकारी तल प्रस्तुत गरिएको छ । 
१. हरि नारायण चौधरी (२०७२।०५।०८ देखि २०९२।०५।०७ सम्म )
२. राज कुमार कठरिया (२०७२।०५।०८ देखि २०९२।०५।०७ सम्म )
३. सुन्दरलाल कठररया (२०७२।०५।०८ देखि २०९२।०५।०७ सम्म )
४. बृज मोहन डगौरा (२०७२।०५।१४ देखि २०९२।०५।१३ सम्म )
५. राजेश चौधरी (२०७२।०५।१४ देखि २०९२।०५।१३ सम्म )
६. बीर बहादुर चौधरी (२०७२।०५।१४ देखि २०९२।०५।१३ सम्म)
७. प्रदीप चौधरी (२०७२।०५।२८ देखि २०९२।०५।२७ सम्म )
८. बिद्रोह भन्ने सिताराम चौधरी (२०७२।१२।०१ देखि २०९२।११।३० सम्म)
९. श्रवण चौधरी (२०७२।०५।२५ देखि २०८२।०५।२४ सम्म )
१०. गंगाराम डगौरा चौधरी (२०७५।०८।२७ देखि २०९५।०८।२६ सम्म) 
११. रेशमलाल चौधरी (२०७४।११।१४ देखि २०९४।११।१३ सम्म )
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ