arrow

नेपालको नक्सा इतिहासमा नै तेस्रोपटक संशोधन, नक्सामा कालापानी र लिपुलेक अटाईए 

logo
प्रकाशित २०७५ फागुन २३ बिहिबार

काठमाडौं । सरकारले नेपालको नक्सा इतिहासमा नै तेस्रो पटक संशोधन गरेको छ । बिहीबार नापी विभागले गरेको एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संशोधित नक्सा सार्वजनिक गरेकी छिन् । 

नापी विभागका अनुसार यस अघि निशान छापमा समेत लिपुलेक र कालापानी नेपालको नक्साबाट गायब भएको भन्ने आरोप लाग्दै आएको थियो । अहिले संशोधन गरिएको नक्सामा लिपुलेक र कालापानी समेत नक्सामा राखिएको छ । यो संशोधनलाई नापी विभागले नक्साको तेस्रो संशोधन भनेको छ । 

सरकारले अन्तराष्ट्रिय सीमा समेत नभएर आन्तरिक सीमालाई समेत प्रादेशिक रुपमा विभाजन गरी नक्सांकन गरेको छ । तर, ४ वटा प्रदेशको नामांकन नै नभएकोमा नापी विभागले ३ प्रदेशको नाम लेखेको छ भने बाँकी प्रदेशको नाम प्रदेश नं नै देखिएको छ । नक्साबारे जानकारी दिँदै कार्यक्रममा नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टले संघीय संरचना बमोजिम नेपालको प्रशासनिक नक्सा सार्वजनिक गर्न प्रदेशहरूको नामाकरणले ढिलाइ भएको बताए । 

विभागले दिएकाो जानकारी अनुसार नेपालको इतिहासमा नै पहिलो पटक वि।सं‌। २०३२सालमा संशोधन गरिएको थियो भने त्यसपछि वि सं २०४९ सालमा दोस्रो पटक नेपालको नक्सा संशोधन गरिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ