arrow

कतै एकता नगर्ने ओली र प्रचण्डकै चाल त हैन ? 

logo
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
oli-prachanda1.jpg

काठमाडौं । सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवादित भाँडभैलो सतहमा देखिएको छ । विवाद समाधान हुने छाँट नदेखेपछि शीर्ष नेताहरु कलहमै उत्रिएका छन् । 

चार शीर्ष नेताले त तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग नै गरेका छन् । वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक बोलाउन नै माग गरेका हुन् । 

हुनत यसअिघि पनि सचिवालय बैठक नबसेको हैन । बसे पनि त्यसले एकताका विषयमा पार लगाउन सकेको छैन । तिक्तताले गर्दा नै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहकार्य बन्न सकेको छैन । 

ओली र प्रचण्ड सचिवालय बैठक बोलाउन तयार नहुँदा अबको दिशा नै नेताहरुले पकड्न सकेका छैनन् । 

एकताका लागि गठित कार्यदल नै भंग भएपछि झनै तनावको स्थिति देखिएको छ । स्थायी समितिले पार्टी एकताको ठोस प्रस्ताव तयार पार्न गठन गरेको कार्यदललाई १० फागुनको सचिवालय बैठकबाट विघटन गरेको थियो । 

ओली र प्रचण्डले कार्यदल विघटनपछि एकताको ठोस प्रस्ताव सचिवालयले तयार पार्ने र स्थायी समिति बैठकबाट अनुमोदन गराउने बताएका थिए ।

तर त्यसयता एकता प्रस्तावमा सचिवालयमा छलफल नभएपछि असन्तुष्ट बनेका चार नेताहरूले सचिवालय बैठक बोलाउन माग गरेका हुन् ।

कतै एकता नगर्ने ओली र प्रचण्डकै चाल त हैन ? 
अहिले असन्तुष्ट नेताहरु ओली र प्रचण्डलाई नै एकता भाँड्न खोजेको आरोप लगाउन थालेका छन् । 

एकातिर काम गर्न नसक्ने कार्यदल बनाउने त्यसमाथि पनि काम गर्न नसकेको भनी प्रतिवेदन बनाउने र त्यसभित्रका असन्तुष्टहरु समानान्तर प्रतिवेदन बुझाउनुले पनि नेकपाको आन्तरिक कलह छताछुल्ल भएको छ । 

स्थानीय तहदेखिको एकीकरणमा अलमल हुँदा नेताहरु पनि लाखापाखा हुन थालेका छन् । विधान परिमार्जनबाहेक अन्य विषयमा सहमति जुटेकै छैन । 

हुनत केही कार्यक्रममा दुवै अध्यक्षहरु संगसंगै देखिने पनि गरेका छन् । तर विवाद मिलाएका छैनन् । 

यसमा उनीहरुकै षडयन्त्र हावी भइरहेको हो कि । मिलनमा भन्दा अस्थिरतामै पनि कुनै विषयमा फाइदा हुन सक्छ । कतै त्यही नीति अबलम्बन गरिएको त हैन ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ