arrow

आफ्नै पार्टी दर्ता गर्ने तयारीमा डा. सिके राउत

logo
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
aaropi-ck-raut.jpeg

काठमाडौं । विखण्डनवादी आन्दोलन छाडेर अखण्डतावादी राजनीतिमा प्रवेश गर्न लागेका डा. सिके राउत आफ्नै पार्टी दर्ता गर्ने तयारीमा रहेका छन् । सिकेराउत पक्षका एक सहयोगीले दिएको जानकारी अनुसार सिके राउत आफ्नै पार्टी दर्ता गर्ने पक्षमा देखिएका छन् । 

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त संबोधन पछि उनले सशस्त्र संघर्ष त्यागेर तराई मधेश केन्द्रीत पार्टी दर्ता गर्ने तयारी गरेका हुन् । उनले प्रक्रियागत रुपमा ३० हजार समर्थकहरुको नाम बुझाएर स्वतन्त्र पार्टी दर्ता गर्ने तयारी गरेका छन् । 

तर, शुक्रबार नै बसेको नेकपाको आकस्मिक बैठकमा भने मुलुक विखण्डनको नारा लिएर तराईमा सशस्त्र संघर्ष चलाउँदै आएका डा सिके राउतलाई पार्टीमा प्रवेश गराउने बारे छलफल चलिरहेको एक सदस्यले जानकारी दिएका छन् । 

शुक्रबार नै दिउँसो १ बजे राउत र प्रधानमन्त्री ओलीले संयुक्त रुपमा राष्ट्रिय सभागृहमा सम्बोधन गर्दैछन् । सो संबोधनमा डा राउतले आफ्नो विखण्डनवादी राजनीति छाडेर सक्रिय राजनीति सुरु गर्ने घोषणा गर्ने कार्यक्रम रहेको पाईएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ