arrow

राष्ट्रिय गानमा उभिएर सिके राउतले छाडे विखण्डनवादी आन्दोलन 

logo
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
CK_raut_oli1.JPG

काठमाडौं । विखण्डनवादी आन्दोलन छाडेर अखण्डतावादी राजनीतिमा प्रवेश गर्न लागेका डा। सिके राउत नेपालको राष्ट्रिय गानमा उभिएर अखण्डता विरोधी आन्दोलनबाट पछि हटेका छन् ।

शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित राजनीतिक सहमतिको घोषणा कार्यक्रममा सिकेराउतले उभिएर राष्ट्रिय अखण्डताको समर्थन गरेका हुन् । 

विखण्डनवादी आन्दोलन छाडेर अखण्डतावादी राजनीतिमा प्रवेश गर्न लागेका डा। सिके राउत आफ्नै पार्टी दर्ता गर्ने तयारीमा रहेका छन् । तर नेकपाले भने उनलाई नेकपामा नै सामेल गराउन समेत छलफल भएको छ । सिकेराउत पक्षका एक सहयोगीले दिएको जानकारी अनुसार सिके राउत आफ्नै पार्टी दर्ता गर्ने पक्षमा देखिएका छन् । 

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त संबोधन पछि उनले सशस्त्र संघर्ष त्यागेर तराई मधेश केन्द्रीत पार्टी दर्ता गर्ने तयारी गरेका हुन् । उनले प्रक्रियागत रुपमा ३० हजार समर्थकहरुको नाम बुझाएर स्वतन्त्र पार्टी दर्ता गर्ने तयारी गरेका छन् । 

तर, शुक्रबार नै बसेको नेकपाको आकस्मिक बैठकमा भने मुलुक विखण्डनको नारा लिएर तराईमा सशस्त्र संघर्ष चलाउँदै आएका डा सिके राउतलाई पार्टीमा प्रवेश गराउने बारे छलफल चलिरहेको एक सदस्यले जानकारी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ