arrow

प्रधानमन्त्रीको गुनासो, 'आफूलाई पनि नेकपा भन्नु पर्‍या'छ, विप्लव लूटतन्त्र मच्चाउँदैछन्' 

logo
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
PM_oli_sambodhan1.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई नेकपा भन्नु परेको भन्दै गुनासो गरेका छन्। नेकपाकै नामबाट नेत्र विक्रम चन्द विप्लव नेतृत्वको समूहले जनतालाई लूटिरहेको प्रति अपत्ति जनाउँदै ओलीले यस्तो बताएका हुन् । 

उनले शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको रहेको भन्दै उनले भने म त्यस्ता समूहलाई सुन्नेगरी भन्न चाहन्छु कि सरकार शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी पाएको निकाय हो । त्यस्ता गतिविधि गर्नेलाई हामी कारबाही गर्छौं ।

प्रधानमन्त्री ओलीले भने यहाँ आफू पनि नेकपा भन्नु परेको छ अर्काे तर्फ नेकपाकै नामबाट एउटा समूहले लूट मच्चाईरहेको छ । उनले जनतालाई लुट्नेबेलामा नेकपाको खोल फाल्न पनि विप्लवलाई चेतावनी दिएका छन् । उनले बरु लुट मच्चाउने भए लुटेरा समूह नाम राख्न र कम्युनिष्टहरुको बदनाम नगराउन समेत सुझाव दिए ।  

प्रधानमन्त्री ओलीले सिके राउतलाई देखाएर रोटी सेक्नेहरुको मधेशमा अब रोटी काँचै फर्किन्छ चेतावनी समेत दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ