arrow

‘द्वन्द्व पीडितलाई राज्यले टाउको दुखाईको रुपमा नभएर राष्ट्रका गहनाको रुपमा लिएको छ’

logo
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
confilit-victim-women.jpg

काठमाडौं। नमुना प्रगतिशिल महिला समाज कंलकी, काठमाडौँले आज द्वन्द्वपीडित महिला तथा बालबालिकाहरुलाई सम्मान गरेको छ। १०९ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर उनीहरुलाई शुक्रबार सम्मान गरिएको हो।

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा ‘द्धन्दपिडीत महिला तथा बालबालिकाको व्यवस्थापनमा सरकार र नागरिक समाजको भूमिका’ बिषयक अन्तरक्रिया एवम् सम्मान कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सम्मान गरिएको हो। कार्यक्रममा बोल्दै पूर्वमन्त्री, नेकपाकी नेतृ एवम् प्रतिनिधिसभा सदस्य सत्या पहाडीले आजको दिनलाई अन्र्तराष्ट्रिय रुपमा बिभेद र भेदभावरहित दिनको रुपमा मनाउनुपर्नेमा जोड दिईन् । समाज परिवर्तनमा आफ्नो ठाँउबाट सहयोग गर्ने सबैको समान योगदान रहेको स्मरण गराउँदै उनले महिलाहरुले श्रमिकको रुपमा धेरैनै रगत बगाईसकेको पनि स्मरण गराईन्।

नारी दिवसलाई एक ऐतिहाँसिक दिनको रुपमा मनाउँदै आएको बताउँदै उनले आगामी दिनमा बिचार बिभेदको अन्त्य गर्दे महिलालाई पनि समान अधिकारको अवधारणामा सरकारले हेर्नुेपर्नेमा जोड दिईन । उनले भनिन्,‘अहिले राज्यको संरचना परिवर्तित रुपमा अगाडि बढेको छ, अब जनताको प्रत्यक्ष जीवनमा परिवर्तन ल्याउन आवश्यक छ ।’

राज्यमात्र परिवर्तन भएर नहुने बताउँदै उनले थपिन्,‘जनताको चेतना र विकासमा पनि सुधार ल्याउन आवश्यक छ ।’ उनले सरकारले द्वन्द्वमा परेर अपाङ्ग तथा अन्यायमा परेका सबैको समस्यालाई अध्ययन गरिरहेको पनि जनाईन् । 

द्वन्द्व पीडितलाई राज्यको टाउको दुखाईको रुपमा नभएर राष्ट्रका गहनाको रुपमा राज्यले लिईरहेको पनि उनले विश्वास दिलाईन् । सरकारले जनयुद्वका घाईतेहरुसँग समस्याको बारेमा उचित वार्ता गरिसेकेको कारणपनि अव सरकारले घरवासको कार्यक्रममा पनि ध्यान दिईरहेको उनको भनाई थियो।

सरकार गठनको यो एक वर्षमा सरकारले आफ्नो महत्वपुर्ण समय एन, नियम तथा कानुन बनाउनमा खर्चिएको उनको भनाई थियो । उनले भनिन्,‘सरकारले यो एक वर्षको महत्वपूर्ण समय मुलुकलाई संघीय संरचनाअनुसार स्थानीय तह र प्रदेशमा लैजाननै समय लागेको थियो, जनताको मौलिक अधिकारको रुपमा ऐन÷नियमको निर्माणमा पनि ठुलो सफलता प्राप्त भएको छ।’

द्वन्द्वका क्रममा घाईते भएको ४५ हजार पीडितहरुलाई निवृत्तिभरणको प्रक्रिया अगाडि बढाएको स्मरण गराउदै उनले सरकारले अभिभावक गुमाएका बालबालिकालाई हेर्न  उचित मापदण्ड बनाउनुपर्नेमा जोड दिईन् । संबिधानलाई कार्यान्वयन गरेरमात्र देशमा नयाँ आयाम ल्याउन सकिने उनको विश्वास छ । 

उनले सामाजिक अगुवाहरुका बिभिन्न अभियानहरले देशको परिवर्तनमा ठुलो भुमिका रहेको बताएकी छिन् ।

त्यस्तै कार्यक्रममा बोल्दै पूर्वसभासद् तिलक परियारले नारी दिवसलाई महिलाको त्याग र बलिदानस्वरुप पाएको दिनको रुपमा चित्रण गरेका छन। उनले यो दिवसले आफ्नो अधिकारको समान हक, समान कामको समाज ज्याला र महिलाको समान जनसहभागितामा रुपान्तरण गरेको जानकारी गराए।

आजभन्दा १०९ बर्ष अगाडि महिलाहरुलाई भोट गर्न पाउने अधिकार नभएको स्मरण गर्दे बिभेदको अन्त्यको रुपमा आजको दिनलाई महिलाहरुको अधिकार सुनिश्चितताको रुपमा हेर्नुपर्ने उनको धारणा छ।
अहिले नेपालमा पनि नारीहरु आफ्नो हक र अधिकारमा सचेत बन्दै गएको उनको दाबी छ। उनले हरेक एक घरबाट नारीको हक–हितमा सोच्न आवश्यक रहेको बताए। समाज हर एक नागरिकबाट बन्ने भएका कारण सामाजिक प्राणीको रुपमा महिला अधिकारको बारेमा सोच्नुपर्नेमा पनि उनले जोड दिए। 

त्यस्तै कार्यक्रममा बोल्दै पूर्व सांसद् नानीमाया दाहालले महिलाहरुले आफ्नो अधिकारको रुपमा सचेत हुनुपर्ने जानकारी गराईन। जबसम्म समाजले समान हकअधिकारको प्रत्याभुति गराउदैन तबसम्म समानता र अधिकार संविधानमा मात्रै सिमित बन्ने उनको जिकिर छ। मुलुक सक्षम र समृद्ध बन्न नारीको सम्मान रहेको उनको भनाई छ। ‘जुन देशमा नारीको सम्मान हुदैन त्यो देशको बिकास र समृद्धि कल्पना बाहिरको कुरा हो’–उनले भनिन् । उनले नारीलाई पृथ्वीसँग तुलना गरिन्। 

नेताहरुले कमाउँदैमा जनता धनी नबन्ने उनको ठोकुवा छ । उनले सर्वहारको नाममा देशमा ताण्डव देखाउन आवश्यक नभएको पनि स्पष्ट पारिन्। ‘राष्ट्र र राष्ट्रियता’ हरेक नेपालीको पहिलो प्राथमिकता हुनुपर्नेमा उनको जोड थियो।

त्यस्तै कार्यक्रमा बोल्दै आयोजक संस्थाकी अध्यक्ष कोपिला कुँवरले आफ्नो संस्था द्वन्द्वको क्रममा परेकाहरुको परोपकारमा लागिरहने विश्वास दिलाईन्।

कुँवरले आफू र आफ्नो संस्थाको क्रियाशिल सदस्यहरु जनयुद्वका मारमा परेका नागरिकको समस्या समाधानको निमित्त अहोरात्र सक्रिय रहने पनि जनाईन्। प्रभावितहरुलाई स्वास्थ्य, शिक्षा र आवासमा सहयोग पुर्याउन संस्थाले १५ जना बालबालिकाहरुलाई आवासिय सुबिधासहितको व्यवस्था गरिसकेको उनले बताईन्। १५ देखि २० पीडीत परिवारलाई आवासको ब्यवस्थाको लागि संस्थाले आवश्यक पहल गरिरहेको उनको भनाई थियो। 

त्यस्तै, उक्त संस्थाकी सचिव रुकमाया बयलकोटीले संस्थाले द्वन्द्वपीडित महिला तथा बालबालिकाहरुको हक–हितमा रहेर काम गरिरहेको जनाईन्। समाजमा पीडित महिलाहरुलाई पनि राज्यले न्यायपुर्ण रुपमा हेर्नुपर्ने बताउदै उनले संस्थाले द्वन्द्वपीडित महिलाहरुलाई संस्थाले सम्मान गर्न पाउनु खुशिको कुरा भएको प्रतिक्रिया दिईन्।

कार्यंक्रममा समाजसेवा, शिक्षा र स्वास्थ क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याउने र द्वन्द्व पीडित महिलाहरुलाई सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ