arrow

'जनमत संग्रह’बारे प्रष्ट्याउन काँग्रेस प्रवक्ताको प्रधानमन्त्रीलाई आग्रह

logo
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
biswa-prakash1.png

काठमाडौं । सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच भएको सम्झौतामाथि काँग्रेसले प्रश्न उठाएको छ । काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सम्झौतामा उल्लेख भएको जनअभिमतमा आधारित लोकतन्त्र र सिके राउतले भनेको जनमत संग्रहको विषयमा प्रश्न चिह्न उठाएका हुन् । 

प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो आधिकारिक ट्वीटमार्फत् यस्तो प्रश्न गरेका छन् । उनले सरकारसँगको सम्झौतापछि दुईवटा ट्वीट गरेका छन् । उनले पहिलो ट्वीटमा भनेका छन् 'नियतमा शंका नगरौं तर सरकार-सिके सम्झौता नियत अनुरुपको ब्याख्यामा दुर्घटित नहोस् १ दोस्रो बुंदा भन्छ, 'जन अभिमतमा आधारित लोकतान्त्रिक विधि, चौथो बुंदा बोल्छ, 'स्वायत्तता र स्वशासनको अधिकार आत्मसात गर्न  !' प्रधानमन्त्रीलाई मेन्सन गर्दै उनले भनेका छन् 'देशलाई मुर्त ब्याख्या उपलब्ध गराउनु यहाँको परम कर्तव्य हो !'

त्यस्तै दोस्रो ट्वीटमा उनले भनेका छन् 'जनमत संग्रह' होइन भने सरकारले ञहोइनु भन्नुपर्‍यो, हो भने प्रस्ट ढंगले प्रस्ट्याउनु पर्‍यो देशको कुनै भूगोलमा जनमत संग्रह के मुद्दामा, कस्तो छनौटमा, कसरी, कहिले र किन ? सरकार-सिके सम्झौतामा उल्लेखित 'जन अभिमतमा आधारित लोकतान्त्रिक विधिु को ब्याख्याको विवाद हल सरकारले तत्काल गरोस् !'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ