arrow

'जनअभिमत' शब्दसँग झस्किए बाबुराम 

logo
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
Baburam.jpeg.jpeg

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले सरकार र सिके राउत बीच भएको सम्झौतामा आशंका व्यक्त गरेका छन् । शुक्रबार भएको सम्झौता पछि आफ्नो आधिकारिक ट्वीटमा उनले आशंका व्यक्त गरेका हुन् । 

उनले ट्वीटरमा लेखेका छन् ‘अदालतले तारेखमा रिहाइ गरेको भोलिपल्ट भएको मधेसी पृथकवादी सिके राउत र पहाडी राष्ट्रवादी नेकपा सरकारबीचको सहमति नाटकीय देखिए पनि सकारात्मक मान्नुपर्छ १ बरू २ नं बुँदाको “असन्तुष्टीहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान” भनेको ”जनमतसंग्रह”हो कि के हो भोलि गलपासो बन्ला !'

यस अघि नै काँग्रेसले पनि सोही शब्दमा आपत्ति जनाईसकेको छ । जनमत संग्रह भन्ने शब्द प्रयोग नगरिएको भएपनि सम्झौतामा जन अभिमत भनिएको र सम्बोधनको क्रममा सिके राउतले भने जनमत संग्रह गर्ने सहमति भएको बताएको कारणले पनि धेरै सशंकित बन्न पुगेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ