रेशम चौधरीको जन्मकैदबारे बोल्यो फोरम : 'यसले समस्या झनै चर्काउँछ'
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
555
Shares
काठमाडौं । संघीय समाजवादी फोरमले कैलाली जिल्ला अदालतबाट जन्मकैद फैसला सुनाईएका रेशम चौधरीको विषयमा मुख खोलेको छ । बुधबार कैलाली जिल्ला अदालतले चौधरी सहित ११ जनालाई जन्म कैदको फैसला गरेको थियो ।
शुक्रबार फोरमका महासचिव राम सहाय प्रसाद यादवले विज्ञप्ती जारी गर्दै यो राजनीतिक विषयलाई अन्य मुद्दामा जस्तो सजाय तोकिएको आरोप लगाएका छन। उनले राजनीतिक मुद्दाहरुलाई यसरी नै समाधान गर्न खोजियो भने यसले समस्या सुल्झाउने भन्दा पनि झनै चर्काउने चेतावनी पनि दिएका छन् ।
उनले यस घटनाप्रति ध्यानाकर्षण जनाउँदै यसलाई राजनीतिक बाटो मार्फत् समाधान गराउन पनि माग गरेको छ । यस अघि नै मधेशकेन्द्रीत दल राष्ट्रिय जनता पार्टीले सो फैसलाबारे आपत्ति जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ ।