arrow

निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकार असफल : अध्यक्ष थापा 

logo
ईश्वरदत्त बडू,
प्रकाशित २०७५ फागुन २४ शुक्रबार
rpp-kanchanpur.jpg

कञ्चनपुर। राष्ट्रिय प्रजातन्त्र पार्टीले थालेको मेची महाकाली स्वाभिमान यात्रा अन्तर्गत कञ्चनपुरको महेन्द्रनगरमा शुक्रबार भेला भएका छन्। 

अध्यक्ष कमल थापाले कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको ७ महिना वितिसक्दा समेत हत्यारा पत्ता लाग्न नसकेकोप्रति दुःख व्यक्त गर्दै अविलम्ब रुपमा दोषी पत्ता लगाउन सरकारसँग माग गरेका छन्।

उनले एउटा बालिकाको बलात्कारपछि हत्या भएको घटना विश्वव्यापीकरण भईसक्दा पनि अपराधी पत्ता लगाउन नसक्नु सरकारको लापरवाही भएको बताएका छन्। यस्तै थापाले राष्ट्रघाती नागरिकता ऐन ल्याएर गैर नेपालीलाई नागरिकता बाडेको आरोप समेत लगाएका छन्। कांग्रेस र कम्युनिष्टको मिलेमतोमा देशमा भ्रष्टाचार बढदै गएको उनको आरोप छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले जनभावनाको कदर गर्दै हिन्दुराष्ट्र कायम गरिनुपर्ने बताएका छन्। शुक्रबार महेन्द्रनगरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले हिन्दूराष्ट्रका पक्षमा जनताको बहुमत रहेकाले नेपाललाई हिन्दुराष्ट्र नै कायम गरिनुपर्ने बताएका छन्। 

“नेपालमा बहुसंख्यक हिन्दु बसोबास गर्दछन्' उनले भने, 'नेपाली जनताले राष्ट्र समृद्धिका लागि हिन्दुराष्ट्र चाहेका छन् तसर्थ नेपाललाई हिन्दुराष्ट्र बनाईनुपर्दछ।' यस्तै राप्रपा अध्यक्ष थापाले संबैधानिक राजा सहितको प्रजातन्त्रको पुनस्र्थापना र संघीयताबारे जनमत संग्रह गरिनुपर्ने बताएका छन्।

उनले भने नेपाललाई सर्वधर्म र पुर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन धर्म सापेक्ष हिन्दुराष्ट्र बनाईनुपर्छ, यसकै लागि जनचेतना फैलाउन हामीले राष्ट्रिय स्वाभिमान यात्रा सुरु गरेका हौं। 

यस्तै थापाले वर्तमान सरकार जनताप्रति उत्तरदायित्व नरहेको तथा भ्रष्टाचारमा लिप्त रहेको पनि आरोप लगाएका छन्। कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले संघीयतामा जनतालाई दुःख भएको तथा जातिय सदव समेत खलबलिन गएकाले धार्मिक रुपमा एकिकरण गर्न हिन्दुराष्ट्र कायम गरिनुपर्ने माग राखेका छन्।

राप्रपा कञ्चनपुरका अध्यक्ष पुर्ण बहादुर चन्दले यस पवित्र अभियानमा सबैले सहयोग गर्न आग्रह गरे। यस्तै बरिष्ठ उपाध्यक्ष सुरेन्द्र बहादुर बमले भव्य रुपमा राप्रपाको मेचीकाली यात्रा चलेको बताए। कार्यक्रममा राप्रपाका केन्द्रीय पदाधिकारीहरु एवं भातृ संगठनका अध्यक्षहरु, प्रदेश कार्य समितिका पदाधिकारीहरुको समेत सहभागिता रहेको थियो।

शनिबार अभियानका लागि कञ्चनपुर लगायतका विभिन्न ठाउँमा आमसभा गर्दै पहिलो चरणको कार्यक्रम काठमाडौंमा समापन हुने पार्टीको कार्यतालिका रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ