arrow

सीके राउतको आत्मसपर्मण !

logo
प्रकाशित २०७५ फागुन २५ शनिबार
ck-raut-oli.jpg

काठमाडौं । राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता राजकिशोर यादवले सीके राउतको असली चरित्र उदांगिएको आरोप लगाएका छन् । 

सरकारसंग शुक्रबार भएको सहमतिपछि उनले भने, ‘ राउत कहाँबाट संचालित भएको थियो त्यो स्पष्ट भयो ।’ 

उनले राउतबारे स्पष्ट पार्दै भने, ‘हामीले त सुरुदेखि नै भन्दै आएका थियौं जनतालाई उत्तेजित कुरा गरेर मुर्ख बनाइरहेको छ ।’ 

नेता यादवले राउतको विगत कोट्याउँदै भने, ‘सुरुवातमै संघीयताको राजनीतिलाई बदनाम गर्दै आइरहेका थिए । जहाँबाट परिचालित थिए त्यहींबाट नै संघीयतामा जान भनेपछि के गरुन् सिके राउतले ?’ 

उनले राउतले आत्मसमर्पण गरेको बताएका छन् । यादवले संघीयता चाहिँदैन भन्दै मधेश विखण्डन गर्नुपर्छ भन्ने व्यक्तिलाई रातारात सरकारले मुलधारको राजनीतिमा ल्याउन खोजेको आरोपसमेत लगाएका छन् । 

नेता यादवले राजपाका दिन नगरेको स्पष्ट पार्दै भने, ‘काग कराउँदैमा पिना सुक्दैन भनेझैं राजपा जनताको मनबाट आएकाले राजपाले यस विषयमा चिन्ता गर्नुपर्ने कारण नै छैन ।’ 

सरकार र मधेश विखण्डन गर्छु भन्ने सीके राउतबीच शुक्रबार ११ बुँदे सहमति भएको थियो । 

कसैको आशीर्वाद पाउँदैमा कसैले शक्ति कमाउन नसक्ने भन्दै नेता यादवले काठमाडौंमा आएर चिच्याउँदैमा मधेशको शक्तिका रुपमा नउदाउने बताए । 

अघिल्लो दिन अदालतले छाड्न भनेपछि पाँच महिनादेखि जेलमा रहेका राउत छुटेको थिए र अर्को दिन प्रधानमन्त्री केपी शर्मा ओलीसंग सहमति गर्न आएका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ