arrow

‘स्वतन्त्र मधेश’ माग्ने सीके राउतलाई खुलेआम छाडिनु दुर्भाग्य – भीम रावल

राउतलाई देशद्रोहका जेसुकै काम गर्न पनि सरकारले छुट दिएको हो त ?

logo
प्रकाशित २०७५ फागुन २५ शनिबार
Bhim-rawal.gif.gif

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटि सदस्य भीम रावलले सरकारले सीके राउतसंग सहमति गरेर ‘स्वतन्त्र मधेश’ माग्नेलाई खुलेआम छाडेको आरोप लगाएका छन् । 

उनले भने, ‘सीके राउतले विगतमा गरेका गल्तीबारे कुनै कार्वाही गरिने छैन भन्ने आसयका साथ ११ बुँदे सहमति हुनु गलत हो ।’ 

रावलले अगाडि भने, ‘सीके राउतले विगतमा नेपालको अखण्डतामाथि प्रहार गरेका थिए । नेकपा सचिवालय बैठकले समेत विचार विमर्श गरिएका कुरालाई लत्याएर सहमति गरिनु दुर्भाग्य हो ।’ 

‘सहमति कतै सीके राउतको अभियानलाई वैधता दिने प्रयास थालिएको हो कि ?’ रावलले भने । 

पुष्पकमल दाहाल प्रचण्डसंग जोडेर राउतलाई हिरो बनाउन खोजिएको र विगतको राउतको अपराधलाई बैध बनाउन खोजिएको आरोप पनि रावलले लगाए ।

राउतले शुक्रबार राष्ट्रिय सभागृहमा भएको सहमति कार्यक्रममा आफ्ना मागहरु पूरा हुने क्रममा रहेको र अब खुलेर माग पूरा गर्ने अभियानमा लागेको बताएका थिए । 

राउतले केपी शर्मा ओली नेतृत्वको सरकारले आफूहरुलाई ‘स्पेश’ दिएको बताउँदै ओलीको प्रशंसासमेत गरेका थिए । 

नेकपा स्थायी कमिटि सदस्य भीम रावलले राउतलाई देशद्रोहका जेसुकै काम गर्न पनि सरकारले छुट दिएको हो त ? भनी प्रश्न समेत तेस्र्याएका छन् । 

स्वतन्त्र मधेशको नाममा यो पार्टी शुक्रबारदेखि संचालित हुने छ भनी सहमति गर्नु दुर्भाग्य भएको भन्दै नेता रावलले ‘स्वतन्त्र’ भन्ने शब्दलाई यो सरकारले प्रवेश गराउनु नै पीडादायी भएको बताए । 

‘सीके राउतले मैले पृथकतावादी सोच त्यागेर आएँ भनी नभनेकाले उनलाई सरकारले झन् खुलेआम आफ्नो अभियानलाई सफल पार्न दिनु नै दुर्भाग्य हो’, रावलले भने । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ