arrow

मधेसबिरोधी नभएको सन्देश दिन अध्यक्षद्वय ओली र दाहाल रौतहटमा

logo
प्रकाशित २०७५ फागुन २५ शनिबार
ncp-madesh.jpg

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मधेशमा आयोजना गर्न लागेको जनसभालाई पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने भएको छ। नेकपाको प्रदेश २ कमिटिले आज रौतहटको गरुढामा आयोजना गर्ने आमसभालाई पार्टीका दुबै अध्यक्षले सम्बोधन गर्न लागेका हुन।

सरकार गठन भएको एक वर्ष पुगेको र मधेशको प्राथमिकताका विषयमा ‘कोर’ मधेसको रुपमा चिनिएको रौतहटमा सम्बोधनका लागि दुवै अध्यक्ष पुग्ने  तयारी गरेका छन्। आफू मधेस  विरोधी नभएको र त्यहाको विकास चाहेको मनोवैज्ञानिक सन्देश दिने उद्देश्यले पहिलोपटक प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षले रौतहतमा सम्बोधन गर्न लागेका हुन । 

प्रधानमन्त्री ओलीले नाकाबन्दी, नागरिकता लगायत विषयमा फरक अडान लिएका कारण मधेसी जनताको चित्त दुखेको र त्यहाँको विश्वास गुमाएको भनिएका बेला मधेसको विकासका निम्ति आश्वस्त पार्न र सकारात्मक मनोवैज्ञानिक सन्देश दिन दुवै अध्यक्ष मधेस झर्न लागेका हुन्। पार्टी एकीकरणपछि नेकपाले मधेसमा एउटा पनि सभा गर्न सकेको छैन। नेकपाले रौतहट लगायत मधेसका जिल्ला प्रधानमन्त्री ओलीको कर्मथलोको रुपमा लिएको छ।

मधेसवादी दल राष्ट्रिय जनता पार्टी राजपाले आफ्ना सांसद रेशमलाल चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि ओली नेतृत्वको सरकारको समर्थन फिर्ता लिएको पृष्ठभूमिमा पनि यो आमसभालाई चासोको रुपमा लिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ