arrow

महेन्द्रनगर पुगेर कमल थापाले भने, 'सिके राउतसँगको सम्झौता भयानक'

logo
प्रकाशित २०७५ फागुन २५ शनिबार
kamal-thapa-1.jpg.jpeg

काठमाडौं । सरकार र सिके राउतबीच भएको सम्झौतामाथि राप्रपाले आपत्ति जनाएको छ । शनिबार महेन्द्रनगर पुगेर राप्रपाका अध्यक्ष कमल थापाले यस सम्झौतालाई भयानक रहेको आरोप लगाएका हुन् । मिडिया नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने यो सम्झौता रहस्यमय छ, यसमा प्रयोग गरिएका शब्दबारे सरकारले स्पष्ट धारणा राख्नुपर्छ । 

राष्ट्र विखण्डनको पक्षमा गरिएको कुनैपनि सम्झौता राप्रपालाई मान्य नहुने भन्दै उनले सरकारसँग यसबारे स्पष्ट प्रष्ट धारणा माग समेत गरेका छन् । उनले यदि सरकारले यसबारे नप्रष्ट्याए विविध संघर्षका कार्यक्रमहरु अघि बढाउने चेतावनी समेत दिएका छन् ।  

लामो समयदेखि हिन्दू राष्ट्रको पक्षमा वकालत गर्दै आएका कमल थापाको पार्टीगत हिसावले संघीय संसदमा प्रतिनिधित्व छैन । यद्यपि उनको पार्टीको तर्फबाट संसद्मा एकजना सदस्य रहेका छन् । उनले फागुन ७ गते सरकारलाई हिन्दुराष्ट्र पुनस्स्थापनासहित विभिन्न २२ बुँदे मागहरु बुझाएको थियो भने आगामी चैत महिनादेखि हिन्दू राष्ट्रको माग सहित संघर्षमा जाने निर्णय पनि पार्टीले गरिसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ