arrow

काँग्रेस सभापति देउवाको जनै हरायो !

logo
प्रकाशित २०७५ फागुन २५ शनिबार
sher_bahadur_deuba.jpg

काठमाडौं। नेपाली काँग्रेस सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच राजनीतिक रुपमा केही मतभेद देखिन्छ। जस्ता सुकै विषयमा पनि यी दुई पक्षबीच सजिलै सहमति हुन गाह्रै पर्छ। तर, शनिबार यही नोट अफ डिसेन्ट राजनीतिकोबीच दुबै नेताहरु म्याग्दीको तातोपानीमा सँगै भेटिए।

शनिबार विहान दुबैजना तातोपानीको तलाउँमा डुबुल्की मार्दैगर्दा भेटिए। उनीहरु आफ्नो राजनीतिक असमझदारी विर्सिएर सँगै म्याग्दीको तातोपानीमा पुगेको घटनाले काँग्रेस कार्यकर्ताहरुमा भने नयाँ सन्देश गएको छ। 

यी दुई नेताहरु पानीमा डुबिरहेको तस्वीरमध्ये देउवाको शरीरमा जनै नभएको घटनाले भने धेरैको ध्यान केन्द्रीत गरेको छ। उनी जातका हिसावले क्षत्री हुन् । ब्राह्मण, क्षत्री जातिले हिन्दू संस्कार अनुसार विधिपूर्वक ब्रतबन्ध गरेको भएपछि सधैं जनै लगाउँछन्। एक क्षणपनि जनै विना बस्नु हुन्न र जनै शरीरमा नभएसम्म बोल्न समेत नहुने संस्कार हिन्दू धर्ममा छ। 

पूर्व प्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेताले आफ्नो संस्कार अनुसारको जनै पनि नलगाएको देखिँदा संस्कार प्रेमि नेपालीहरुमा भने निराशा छाउने देखिन्छ। यद्यपि काँग्रेसका वरिष्ठ नेता पौडेलले भने आफ्नो संस्कार अनुसार जनै लगाउने गरेको तस्वीरमा देख्न सकिन्छ। 

त्यसैगरी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरु सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न देउवासहित काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा यहाँ आएका हुन्।

हेलिकप्टरमार्फत बेनी–४ मा रहेको प्राकृतिक चिकित्सालयको रुपमा परिचित सिङ्गा तातोपानी कुण्डमा पुगेका सभापति देउवासहितको टोलीले तातोपानी कुण्डको अवलोकन भम्रण गरेका थिए। नेताहरुले कुण्डको अवलोकनसँगै स्नानसमेत गरेका छन्। उच्च पदस्थ व्यक्तिको तातोपानी क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा सघाउ पुर्‍याएको कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए।

तातोपानीमा नेताहरुलाई कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले कुण्डको अवस्था र महत्वका बारेमा जानकारी गराएका थिए। उनीहरुलाई कुण्ड व्यवस्थापन समिति र स्थानीयवासीले स्वागत समेत गरेका थिए। उद्घाटन गरिने भवन सङ्गम चोकमा रु ५१ लाख ३७ हजार ७५० मा जग्गा खरीद गरी रु २९ लाख ५९ हजार ४२५ लगानीमा निमार्ण गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ