arrow

सरकार र राउतबीचको सम्झौताले नेकपा भित्रै मतभेद देखियो : प्रकाशमान सिंह

'सम्झौताको भाषा त्रुटिपुर्ण'

logo
प्रकाशित २०७५ फागुन २५ शनिबार
Prakashman-Singh.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पृथकतावादि आन्दोलनमा लागेका सिके राउतसँग सरकारले अपारदर्शी रूपमा सम्झौता गरेको बताएका छन्। आज राजधानीमा काठमाडौ नेस्नल स्कुलले आयोजना गरेको कार्यक्रममा संचारकर्मीहरुको जिज्ञासामा नेता सिंहले कांग्रेस नेतृत्वमन जारी भएको संविधान मान्छु भनेर राउत आउनु राम्रो भएपनि सम्झौताबारे संसदमा रहेका दलहरूलाई गुपचुप राखिएको असन्तुष्टि जनाए।

शुक्रबार सिके राउतसँग भएको सम्झौतालाई लिएर नेकपाभित्रै मतभेद देखिएको भन्दै नेता सिंहले सहमतिको बारेमा भविष्यमा गतिविधि हेरेर मात्र भन्न सकिने बताए। उनले सम्झौतामा उल्लेख भाषा त्रुटिपुर्ण रहेको भन्दै नेकपाभित्रै विवाद शुरू भएको बताए। सम्झौता गर्दा संसदका दलहरूलाई थाहै नदिनुले केही शंका भने उत्पन्न भएको उनको भनाइ थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ