arrow

ठुला पार्टीका नेताले धर्म मासे : अध्यक्ष थापा 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७५ फागुन २५ शनिबार
kamal-thapa-new-aa.jpg.jpeg

पुनर्वास। बिदेशीको दवाबमा नेपालका ठुला पार्टीका नेताहरुले हिन्दु धर्म मासेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री कमल थापाले बताएका छन्। राप्रपा नेपालद्वारा आयोजना गरिएको मेचीमहाकाली राष्ट्रिय स्वाभिमान यात्राका दौरान कञ्चनपुरको पुनर्वासमा आयोजित एक धार्मिक अनुष्ठान कार्यक्रममा सम्बोधन गर्दै नेता थापाले भने हाम्रो सनातन हिन्दु धर्म र संस्कृति माथी चौतर्फी आक्रमण गरिएको छ।

श्रीनिवास दिव्य धाम सेवा समितिले कञ्चनपुरको पुनर्वास स्थित क गाउँमा आयोजना गरेको बिराट महा अनुष्ठानमा शनिबार पुगेका नेता राप्रपा नेपाल अध्यक्ष थापाले भने " नेपालको पहिचान र अस्तित्व नास गर्न योजनाबद्ध रुपमा काम भइ रहेको छ।" उनले भने - अहिले मुलुकमा सद्भाव बिथोलिएको छ। हिन्दु राष्ट्र कायम भए मात्रै सबि धर्मको रक्षा र सद्भाव कायम हुन्छ। 

हिन्दु धर्म पुनःस्थापनाको माग राख्दै मेची काली यात्रामा हिडेका राप्रपा अध्यक्ष थापाले भने " अहिले देशको अस्तित्व संकटमा परेका बेला जनतालाई जागरुक बनाउन आफुहरु अभियानमा निस्केका हौ।"



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ