arrow

जयप्रकाश गुप्ताको नजरमा सिके राउतका निर्णय

logo
प्रकाशित २०७५ फागुन २५ शनिबार
jay-prakash-gupta.JPG

सीके राउतले आफुले उठाउदै आएका मुद्धाहरुलाई परित्याग गरेर अब नयाँ रुपबाट राजनीतिमा प्रबेश गर्ने कुरा स्वभाबिक नै हो। यस बिषयमा राउतसंग कुरा पनि भएको थियो। त्यो बेला मैले भनेको पनि थिए। सबैभन्दा भिन्न देखाउनका लागि अतिरञ्जित बिषय र नाराहरु राजनीतिक व्यक्तिहरुले उठाउन हुदैन भनेर। तर उनले मधेशलाई स्वतन्त्र राष्ट्रका रुपमा रुपान्तरित गर्ने कुरा उठाउन थाले र पृथकतावादी कुरा गर्न थाले।  

बीचमा मधेसको राजनीतिमा निरासा देखिएको छ। शान्तिपुर्ण तरीकाले मधेसलाई अधिकार सम्पन्न गर्नेकुरामा खास गरेर युवाहरुमा जुन निराशा देखिएको थियो यसलाई चर्को कुरा गरेर राउतले अगाडी ल्याए। जनताको बिचमा गएर परिक्षा दिन बाँकी नेता अव राउत मात्र छ जो अहिले मैदानमा उत्रेको छ। मुलधारको राजनितिमा आएपछि यसले सकरात्मक दिशातर्फ नै अघि बढेको छ।

बिश्वमै पहिचानको आन्दोलन जारी रहेको सवालमा सबैभन्दा उत्तम बाटो भनेको संसदीय पद्धतिबाट शान्तिपुर्ण तवरले आफना कुरा राख्नु हो।त्यसको पक्षमा जनताको बिश्वास आर्जन गर्नु, अर्को पक्ष भनेको राज्यलाई कनभिन्स गर्ने बाटो नै उपयुक्त बाटो हुनेछ। राउतले भुमिगत शैलीमा जुन बाटो रोजे त्यसले बिस्तारीत मधेसमा कुनै प्रभाव परेन यसले मधेसमा ग्राउण्ड लेबलमा कुनै प्रभाव परेको थिएन।

तर अहिलेको परिस्थीतिले एउटा समस्या निम्तन सक्छ की भन्ने देखिएको छ। किनकी अधिकारका आन्दोलन, युवा बेरोजगार, असन्तुष्टि लगायतका समस्या मधेसमा ब्याप्त छन। भोलीका दिनमा यसले मधेसका युवा पृथकताबादी आन्दोलनमा जाला भन्ने आंशका छ। यसले राष्ट्रिय एकतालाई नोक्सान गर्छ। उनको शान्तिपुर्ण यात्रा र मधेसकै राजनीतिक दलहरुबीचको प्रतिस्पर्धाबाट सबैको लागि राम्रो नै हुनेछ।

राउतले दश बर्षको कार्ययोजनाका साथ मधेसलाई अलग राष्ट्र बनाउने बताएका थिए। तर पटक पटक जेल जाने आउने क्रम दोहोरीएपछि यी सबै कुरालाई पुरा गर्ने र रियलाइज्ड गर्ने स्थान जेल हो भन्ने भएको हुनुपर्छ। किनकी जेल भनेको रिजलाइज्ड गर्ने स्थान हो जहा आफनो बिचार पोख्ने स्थान पनि हो। यी आफ्ना कैयौ अभिष्टहरुलाई पुरा गर्न आन्दोलनमात्र सहि भएन भन्ने रियलाइज्ड गर्ने र रि थिंक गरेको हुनसक्छन्। 

ग्राउण्ड पोलिटिक्समा आउनु ठुलो कुरा होइन त्यो बेला बिद्यमान समस्याको समाधानका लागि, जनताका लागि समस्या समाधान कसरी होला भन्ने सोच राख्नु र त्यो अनुसार अधि बढ्न सक्नु पर्छ। मधेसका समस्या समाधानका लागि मुल्यांकन कसरी गरेको छ र समाधानका लागि कस्तो बाटो अपनाएको छ त्यो महत्वपुर्ण छ।

मानिसले त्यो बेला उसको क्षमताको मुल्यांकन गर्छ। फेरी यो समस्या समाधानका लागि सरकार तथा राजनैतिक दल नेकपा, नेपाली कांग्रेस लगायतका बिभिन्न पार्टी पनि छन। यी सबैका बीचमा समुन्नत मधेस कसरी बनाउने, सरकारसंग मिलेर समस्या समाधानका लागि पहल कसरी गर्ने लगायतका समस्या समाधानमा राउतले कसरी पहल गर्छ, राजेन्द्र महत्तोले कसरी काम गरेको छ वा उपेन्द्र महत्तोले के गर्दैछ यो सबै मधेसका जनताले नै मुल्यांकन गरिरहेको छ।

परिक्षण भइरहेको छ। राउतले ११ बुदें सम्झौता के गर्‍यो भन्ने मधेस जनताको सरोकारको बिषय भएन। उनीहरुको सरोकार भनेको अब राउतले मधेसका माग सम्बोधनमा पहल के गर्छ त्यो महत्वपुर्ण छ। 

तराई मधेस राष्ट्रिय अभियानका संयोजक, गुप्तासंगको कुराकानीमा आधारीत



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ