arrow

सरकार र सिके राउतबीचको सहमति आत्मघाती

‘मधेशभित्र मधेशीहरुलाई एक हुन नदिन ओलीले अर्को अस्त्र फालेका हुन्’ 

logo
प्रकाशित २०७५ फागुन २६ आइतबार
sundar-mani-dikxit.jpg

काठमाडौं । मानवअधिकारवादी अगुवा डा सुन्दरमणि दीक्षितले सरकार र स्वतन्त्र मधेशका अभियन्ता सिके राउतबीचको सहमति आत्मघाती भएको बताएका छन् । 

उनले शुक्रबार भएका ११ बुँदे सहमतिका दुई वटा बुँदा गलत भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कसरी माने भनी आश्चर्य ब्यक्त गरेका छन् । 

उनले सहमतिको बुँदा नम्बर २ र बुँदा नम्बर ७ गलत भएको भन्दै यी कन्फ्युजन हटाउन सरकारसंग आग्रह गरेका छन् । 

सरकार र सिके राउतबीच भएको सहमतिका बुँदामा के छ कुरा ? (पूर्ण पाठ)

उनले भने, ‘राउतलाई दूरदर्शी भनेर भन्नु नै ओलीको उत्ताउलोपन हो । एक रातमा दूरदर्शी कसरी भयो ?’ 

अधिकारकर्मी दीक्षितले ‘विद्रोहीलाई टेबलमा ल्याउनु राम्रो हो तर ओलीले एकै तीरले दुई शिकार गर्नुको ओलीको भनाइ गलत छ । त्यस्तो मान्छेलाई प्रचण्डसंग किन जोडियो ?’ भनेका छन् ।  

दीक्षितले भने, ‘प्रचण्डले जनयुद्ध गरेका हुन् देशलाई बिखण्डन गर्ने कुरा गरेनन् । बिखण्डनको बिउ कहिल्यै रोपेनन् ।’ 

उनले भने, ‘देशमा पहिलो पटक ओली चुके । ओली सफल हुँदैमा राष्ट्र सफल हुन सक्दैन ।’ 

अभियन्ता दीक्षितले कुनै पनि नेपालीले यो सहमतिलाई सहज रुपले लिन सक्दैनन् भनेका छन् । उनले ‘बिखण्डन गर्नेलाई हिरो बनाइयो । भोलिका दिनमा पनि बिखण्डनको कुरा गर्नेलाई हिरो भन्ने ?’ भनेका छन् । 

दीक्षितले भनेका छन्, ‘मधेशमा अलोकप्रिय ओलीले बिखण्डनकारी राउतलाई आफ्नो हातमा लिएर एक फ्रयाक्सन समातेर अरु दललाई कमजोर पार्न खोजेका छन् ।’ 

ओलीले राजपा र फोरमलाई टुक्रयाउन नयाँ खेल खेलेको पनि उनको ठहर छ  । दीक्षितले भने, ‘मधेशभित्र मधेशीहरुलाई एक हुन नदिन ओलीले अर्को अस्त्र फालेका हुन् ।’ 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ