arrow

ल्यारक्याल लामा : दोहाेरो नागरिकता देखि, हातहतियार खरखजनाका धनी (पहिले राजावादी, अहिले माओवादी)

logo
हाम्रा कुरा
प्रकाशित २०७२ फागुन ३० आइतबार
lyarkal-lama.jpg.jpeg
काठमाडौं । एकीकृत माओवादी सांसद ल्यारक्याल लामाको दोहारो नागरिकता र पासपोर्टमा सिमित रहेनन् । अब उनी हातहतियार तथा खरखजना कारोवारी समेत ठहरिए । लामाको दरबारमार्गस्थित नेपाल इनभेष्टमेन्ट बैंकमा रहेको लकरमा १४ थान गोली भेटिएपछी उनी पक्राउ परेका छन् ।
 
सार्वजनिक सम्तति दुरुपयोग गरी अकुत सम्पति आर्जन गरेकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविन घेरामा रहेका लामाको बैंक लकरमा सुन चाँदीको सट्टा गोली भेटियो । छानविनका क्रममा लकर खोल्न लगाउँदा अख्तियार टोलीले गोली भेटपछि उनलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । 
 
ल्यारक्याल र उनको राजनीति 
२०५८ साल सम्म राजावादी रहेका ल्यारक्याल पछी एमालेमा प्रवेश गरे । जुन बेला स्थानीय विकासमा कमल थापाको चल्थ्यो त्यसबेला स्थानीय विकास मन्त्रालय अन्तर्गतको गुम्बा व्यवस्थापन समितिमा लामा नै अध्यक्ष रहे । कमल थापाको आशिर्वादले लामो समय उनले गुम्बा व्यवस्थापन समितिमा राज गरे । पार्टीको नवप्रवेशी उनी तत्कालिन एमाले अध्यक्ष झलनाथ खनालको सरकारमा अर्थ राज्य मन्त्री बन्न भ्याए ।
 
लामासंग दोहोरो नागरिकता र पासपोर्ट रहेको रहस्योदघाटन भएपछि उनले मन्त्री भएको १० दिनमै राजिनामा ठोके । झलनाथ खनालसंग उनको व्यावारिक साझेदारी रहेको बताइन्छ । अर्थ राज्यमन्त्री बन्दा समेत उनले निकै आर्थिक चलखेल गरेको स्रोतले बताएको छ । श्रोतले भन्यो, ‘पार्टीको निकै खारिएका र त्यागि विरबहादुर लामाको अवसरलाई तिलाञ्जली दिएएर झलनाथले ल्यारक्याललाई अर्थराज्यमन्त्री बनाएका थिए ।’ इलाममा रहेको जडिबुटी तथा चिया सम्बन्धी व्यापारमा झलनाथ खनालसंग साझेदारी रहेको उनिका टिकटवर्तीहरु बताउँछन् । उनीसंगको व्यापारिक साझेदारीमा हार्डवेयर व्यवसायी होम बुढाथोकी समेत छन् । बुढाथोकी समेत रातारात अरबपति भएका छन् । बुढाथोकीले समेत अर्थ राज्यमन्त्री हुदाँ सघाएका बताइएको छ ।
 
माओवादी यात्रा   
संविधानसभाको दोस्रो निर्वाचनभन्दा केही दिनअघि एमालेबाट एमाओवादीमा प्रवेश गरेका ल्यारक्याल लामा अन्ततः एमाओवादी सांसद बने । सानुपातिक सूचीबाट एमाओवादीले सभासद बनाएका शम्भु पासवान हजारीको पद सर्वोच्च अदालतले खारेज गरेपछि एमाओवादीका तर्पmबाट एक पद रिक्त भएको थियो । रिक्त पदमा एमाओवादीको सिफारिसमा लामालाई नियुक्त गरेको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 
 
राष्ट्रिय दलित आयोगको सदस्य पदमा बहाल रहेकै वेला राजीनामा स्वीकृत नगराई हजारी सभासद भएपछि उनको पद खारेज भएको थियो । अघिल्लो संविधान सभाबाट सभासद भएका लामा नागरिकता सम्बन्धी विवादमा तानिएपछि अर्थ राज्यमन्त्रीबाट राजीनामा दिएर एमाले त्यागेका थिए । पछि उनी एकिकृत माओवादीमा प्रवेश गरेपछी एमाओवादी अध्यक्ष दाहालले सांसद मनोनयनका लागि सिफारिस गरेका थिए । उनी मन्त्रिपरिषद्बाट मनोनित हुने कोटामा सांसद भएपछी दाहालको पार्टीभित्र हलचल नै मच्चिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ