arrow

सिके राउतको मायाजालमा परेको सरकारले सीमा रक्षार्थ शहीद भएका गोविन्द गौतमलाई बिर्सियो 

परिवारलाई दिने भनिएको रोजगारी भुल्यो

logo
दीपेन्द्र बस्नेत,  
प्रकाशित २०७५ फागुन २७ सोमबार
gautam1.jpg

पुनर्वास । दुई वर्षअघि फागुन २६ गतेका दिन सीमा अतिक्रमणको विरुद्धमा गरिएको प्रदर्शनका क्रममा भारतीय एसएसबीले हानेको गोलीबाट सहादत प्राप्त गरेका शहीद गोविन्द गौतमको दोस्रो स्मृतिमा नेपाली काँग्रेसले  श्रद्धाञ्जली आयोजना गरेको छ । 

शहीद गौतमलाई गोली हानिएको स्थान भन्दा अलि वर गोविन्द बजारमा काँग्रेस पुनर्वास नगर समितिले श्रद्धाञ्जली सभाको आयोजना गरि दोश्रो स्मृती दिवस मनाएको हो । 

सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा पुर्व साँसद दिवानसिंह बिष्टले भने ‘देशको सीमा रक्षा गर्न हतियारधारी भारतीय सेनासंग लडाइँ लड्दै गर्दा शहीद बनेका गोविन्द गौतमको सम्मान गर्न सरकारले बेवास्ता गरेको छ ।

नेता बिष्टले भने, ‘आजको दिन देशको सीमा रक्षा गर्न प्राणको आहुती दिने बिरांगाना गोविन्दले सहादत प्राप्त गरेको दिन हो आजको दिनलाई केन्द्र र प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गर्नु पर्दथ्यो तर गरेन ।’
  
पुनर्वासको गोविन्द बजारमा नेपाली काँग्रेसद्वारा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता बिष्टले भने ‘दुई वर्षअघि शहीद गौतमको परिवारलाई रोजगारी दिनेबारे सर्वदलीय सहमति बनेको भए पनि प्रदेश सरकार र स्थानीय सरकारले अहिलेसम्म कार्यान्वयन गरेको छैन । 

नेता बिष्टले बर्तमान राजनीतिक घटनाक्रम प्रती व्यंग्य गर्दै भने ूदेशलाई बिखण्डनको माग राखेर देशद्रोहको आरोप लागेका सिके राउतको मायाजालमा फसेको कम्युनिस्ट सरकारले देशको सीमा रक्षाका लागि प्राणको आहुती दिएका शहीद गौतमको बलिदानी कुल्चेको बताए । उनले भने, ‘प्रधानमन्त्री ओलीजीको राष्ट्रवाद छताछुल्ल भएको छ ।’

कञ्चनपुर जिल्लाको दक्षिणी सीमान्त पुनर्वासको (आनन्दबजार) गोविन्दबजारमा दुई वर्ष अघि खोल्सामा कलभर्ट निर्माणको बिषयमा भारतीय पक्षले हस्तक्षेप गर्दै गर्दाको घटनालाई स्मरण गर्दै नेता बिष्टले भने, ‘आफू घटनास्थल आउन खोज्दा प्रशासनले जनता आक्रोशित छ नजानुस भनेर रोक्न खोज्दा पनि आएको र त्यो बेलाको झडपका बेला आफू पनि जनता संगै उभिएको थिए । 

उनले भने ‘देउवाजी प्रधानमन्त्री भएको सरकारले गौतमलाई घटनाको २४ घन्टा भित्र शहीद घोषणा गरेर परिवारलाई राज्यका तर्फबाट राहत उपलब्ध गराएको थियो । र काँग्रेसले ११ लाख उपलब्ध गराएको थियो ।  अहिले सीमामा नेपालीमाथि ज्यातदी हुँदा सम्म यस क्षेत्रका सांसद र मन्त्री बिना मगर बोल्दैनन् यसको जवाफ जनताले माग्न जरुरी छ ।’

नेता बिष्टले भने ‘बाइडबडी ,मेलम्ची खानेपानी र सुन काण्डको भ्रष्टाचारमा सरकार मुछिएको छ ।’

श्रद्धाञ्जली सभाका बिशिस्ट अतिथि रहेका काँग्रेसका अर्का नेता गोपाल गुरुङले देशको सीमा रक्षा गर्दै गर्दा प्राणको आहुती दिने शहीद गौतमप्रति सरकारले न्याय दिन सकेको छैन भने । नेता गुरुङले भने, ‘अन्तर्राष्ट्रिय मर्यादाको बर्खिलाप गर्दै गोविन्द माथी गोलि हान्ने भारतीय एसएसबीमाथी कार्वाही गराउन सरकारले पहल गरेन । शहीदप्रति आश्रित परिवारलाई रोजगारी दिन सरकारले बेवास्ता गरेको छ ।’
 
नेपाली काँग्रेस पुनर्वास नगर कमिटीका सभापति यमप्रसाद पौडेलको सभापतित्वमा कार्यक्रमको आयोजना गरिएको कार्यक्रमलाई सचिव लोकबहादुर कार्कीले सञ्चालन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ