arrow

ओली सरकारले राष्ट्रघाती कदम चाल्यो – सीपी मैनाली

logo
प्रकाशित २०७५ फागुन २८ मंगलबार
cp-mainali-final.jpg.jpeg

नेकपा मालेका महासचिव सीपी मैनालीले सरकारले सिके राउतसंग गरेका ११ बुँदै सहमति राष्ट्रघाती कदम भएको बताएका छन् । 

उनले स्वतन्त्र मधेस गठबन्धन कसरी लोकतान्त्रिक हुन सक्छ ? भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रघाती काम गरेको आरोप पनि लगाएका छन् । 

उनले ११ बुँदे सहमति हेरेरै भने, ‘यो सरकारले नेपाल विरोधीलाई बैधानिकता दिएको छ । स्वतन्त्र मधेश कसरी हुन्छ ?’  सिके राउतसंग ओली सरकारले गरेका ११ बुँदे सहमतिहरु

गत आइतबार जनकपुरमा सिके राउतका कार्यकर्ताले गरेको गतिविधिप्रति इंकित गर्दै नेता मैनालीले भने, ‘यो काम गरेपछि स्वतन्त्र मधेशको झण्डा लिएर मानिसहरु स्वागत गर्न आए । सरकारले नेपालबाट मधेशलाई स्वतन्त्र गराउने कामको बैधानिकता दिएको छ ।’ 

मैनालीले भने, ‘सिके राउतले हिजो गरेका बिखण्डनकारी काम फिर्ता लिने काम कुनै सहमतिमा लेखिएको छैन । हिजो गलत काम गरेको भएर नै मूल धारमा ल्याउन खोजिएको जस्तो लाग्छ । तर त्यस्तो देखिएन ।’

उनले ओली नेतृत्वको सरकारलाई भने, ‘गल्ती तत्काल सच्याउनु जरुरी छ । नेपाल विरोधी गतिविधि गर्न कसैलाई छुट छैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ