arrow

बाबुलाई स्वर्ग पठाउन चाहने छोरालाई बुद्धले देखाए यस्तो बाटो

logo
बुद्ध १, धम्मपद,
प्रकाशित २०७५ फागुन २८ मंगलबार
gautam_buddha.jpg

काठमाडौं ।  महात्मा गौतम बुद्धको समयको एक घटना हो । त्यो समय मृत्युपछि आत्मालाई स्वर्गमा प्रवेश गराउनको लागि पण्डित केहि विशेष कर्म काण्ड गर्ने गर्दथे। त्यसको बदलामा पण्डितहरु मनग्य दान-दक्षिणा लिने गर्थे। मानिसहरु आफ्नो मृतक परिवारजनकहरु स्वर्गमा स्थान दिलाउनको लागि पण्डिहरुको सबै कुरा मन्ने गर्दथे ।

एक दिन गाँउमा एक वृद्ध पुरुषको मृत्यु भयो । उसको छोराले सोच्यो बुबाको आत्मालाई स्वर्गमा स्थान दिलाउन महात्मा बुद्धको मद्दत लिनुपर्छ । सो युवक बुद्ध भएको ठाँउमा गयो र भन्यो, 'कृपया कुनै यस्तो उपाय बताउनुहोस् जसले मेरो बुबाको आत्मालाई स्वर्गमा स्थान मिलोस् ।'

बुद्धले भने,'तिमिले दुईवटा माटोको भाडो लिनु, एकमा पत्थर र अर्कोमा घिउ भर्नु । दुवै भाडोलाई नदीको बीचमा ढुङगाले फोडि दिनु । त्यसपछि के हुन्छ आएर मलाई भन्नु ।' युवकले बुद्धको कुरा त बुझेन तर बुद्धले बताए अनुसार गर्‍यो ।

अर्को दिन उसले बुद्धलाई भन्यो,' पत्थर र घिउ भरिएको भाडोलाई नदीमा लगेर मैले फोडिदिए । पत्थर भएको भाडो माथि प्रहार गरे त त्यो टूट्यो र पत्थर पानीमा डुब्यो । घिउ भएको भाडोमा प्रहार गर्दा त्यो पनि फुट्यो र घिउ नदीको बहावको दिशामा बग्न थाल्यो ।'
 
बुद्धले भने, 'के कुनै पनि मन्त्र वा कर्मकाण्डबाट यस्तो हुनसक्छ कि त्यो पत्थर पानीको माथि तैरियोस र घिउ नदीको सतहमा गएर बसोस।'  युवकले भन्यो, 'यस्तो त कुनै तरीकाले सम्भव छैन।  न त पत्थर पानी माथि तैरिन सक्छ र न घिउ नदीको तल गएर बस्न सक्छ ।'

बुद्ध भने, 'ठीक यस्तै तिम्रो बुबासँग भएको छ । उनले जति पनि राम्रो कर्म गरेका छन् त्यसले उनलाई स्वर्ग तर्फ उठाउनेछ र जुन नराम्रो कर्म गरेका छन् त्यसले उनलाई नर्क तर्फ खिच्नेछ । तिमि जति पनि पुजा लगाउन, होम गराउ, तिमि उनको कर्मफललाई रत्ती भर पनि बदलन सक्ने छैनौ ।'

मृत्यु अटल सत्य हो । यो सबै मानिस थाहा छ । तर यसपछि पनि हामी सबै थाहा पाएर अनजान बनि रहेका छौं । केहि मानिस जीवन भर नराम्रो काम मात्र गर्दछन् । यस्ता मानिसहरुलाई कसैले सम्झदैनन् ।  केहि मानिस सधै अर्काको मद्दत गर्न तयार रहन्छन् । यस्ता मानिस सम्मान सहित सम्झनामा रहन्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ