गगन थापा भन्छन् – क्रान्तिका नाममा कायरतापूर्ण कृत्य गरेको ‘बादल’ ले स्वीकार्लान् कि !
प्रकाशित २०७५ चैत १ शुक्रबार
691
Shares
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले हिजो क्रान्तिका नाममा गरिएका व्यक्तिहत्या गलत रहेछन् भनेर वर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले स्वीकार गर्ने विश्वास व्यक्त गरेका छन् ।
पछिल्लो समय सरकारले व्यक्तिहत्यामा आधारित राजनीति क्रान्तिकारिता नभई कायरता हो भन्दै नेत्र विक्रम चन्द विप्लव समूहलाई प्रतिवन्ध लगाई कार्वाही गर्न खोजेपछि बादलबारे थापाको यस्तो प्रतिक्रिया आएको हो ।
उनले सामाजिक संजाल ट्वीटरमार्फत वार्ताको ढोका बन्द नगरी आतंकका विरुद्ध सरकारले संविधानको दायरामा रहेर गर्ने नियन्त्रणको समर्थन रहेको बताएका छन् ।
उनको सन्देश यस्तो छ –‘व्यक्तिहत्यामा आधारित राजनीति क्रान्तिकारिता नभई कायरता हो । वार्ताको ढोका बन्द नगरी आतंकका विरुद्ध सरकारले संविधानको दायरामा रहेर गर्ने नियन्त्रणको समर्थन छ। हिजो क्रान्तिका नाममा ‘बादल’ ले जे गरे त्यो पनि कायरतापूर्ण कृत्य नै रहेछ भन्ने रामबहादुर थापाले अब त स्वीकार्नु होला कि ?’