arrow

कार्यकर्तामा खुसी सञ्चार गर्ने कांग्रेसको एउटा निर्णय

अनुशासन समिति सहमतिमै गठन, समितिले सहमतिमै निर्णय गर्नुपर्ने

logo
प्रकाशित २०७५ चैत ४ सोमबार
congress-meeting2.jpg

काठमाडौं। नेतृत्व तहमा बढ्दो खिचातानीले निराश बनेका कांग्रेस कार्यकर्ता सहमतिमै अनुसासन समिति गठन गर्ने र अनुसासन समितिले सहमतिमै आफ्नो निर्णय गर्ने केन्द्रीय समितिको निर्णयपछि केहि खुसी देखिएका छन्। 

अनुसासन समिति र केन्द्रीय निर्वाचन समिति गठनका लागि विभिन्न चरणमा भएका अनौपचारिक वैठक पछि केन्द्रीय समितिले सहमतिमै अनुसासन समिति गठन गरेको हो। 

महासमितिको भावना अनुसार निर्णय गर्ने विषयमा दुई कित्तँमा बाँडिएका कांग्रेस नेताहरु त्यस यता कार्यकर्तामा बढ्दो निराशाका बीचमा सहमतिमै निर्णय गर्न वाध्य भएका हुन्। 

समितिलाई काम गर्न स्वतन्त्र रुपमा दिनुपर्ने तर्क सभापति शेर बहादुर देउवा पक्षिय केहि केन्द्रीय सहस्यले राखे पनि देउवाले सो कुरालाई प्राथमिकता दिएनन। केन्द्रीय सदस्यहरु मोहन बहादुर बस्नेत र बीर बहादुर बलायरले समितिलाई सहमतिमै निर्णय गर्न वाध्य पार्न नहुने फरक मत राखेपनि केन्द्रीय समितिले सहमतिमै समिति गठन गर्ने र समितिले पनि निर्णय गर्दा सहमतिमै निर्णय गर्ने प्रस्ताव पारित गरेको हो। 

बिहान ११ वजे बोलाइएको वैठक सहमतिमै निर्णय गर्न नेताहरुको अनौपचारिक रुपमा छलफलमा बस्दा औपचारिकता पाउन रात परेको थियो। अनौपचारिक छलफलमा बिहानैदेखि उपसभापति विमलेन्द्र निधी, महामन्त्री पूर्ण बहादुर खड्का, पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसी पटक पटक बसेका थिए। 

वैठकमा नेता सिटौलाले सहमतिमै समिति गठन गर्ने र समितिले सहमतिमै निर्णय गर्ने प्रस्ताव गर्दै त्यसो गर्दा बहुमत र अल्पमतको डर कसैलाई पनि नहुने प्रस्ताव गरेको एक केन्द्रीय सदस्यले बताए। सोहि प्रस्तावमा विभिन्न नेताहरुले लामो छलफल गरेपछि वैठकले सहमतिमै समिति गठन गरेको छ। 

सहमती अनुसार समितिको संयोजक केन्द्रीय सदस्य भिष्मराज आङदाम्बेलाई बनाइएकोछ । 

नेता अर्जुननरसिंह केसीले सहमतिबाटै समिति टूंगो लगाउने र समितिले गर्ने काम कार्वाहीका विषय समेत सहमतीबाटै निर्णय लिने सहमती भएको जानकारी दिए। 

केन्द्रीय समिति बैठक भने ढीलो गरि रातको ८ बजे पछि सुरु भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । निर्वाचन समिति लगायतका विषयमा निर्णय लिन भने मंगलवार फेरि वैठक बस्ने शर्माले जानकारी दिए।

सभापति शेर बहादुर देउवा निकट स्रोतका अनुसार समिति सदस्यमा किशोरसिंह राठौर र देवेन्द्रराज कंडेललाई पनि चयन गरिएको छ।

बरिष्ठ नेता रामचन्द्र पौडेल सहितका नेताले थप अन्य दुई सदस्यको नाम मंगलवार दिने देउवा निकट एक केन्द्रीय सदस्यले बताए ।

महासमितिको वैठकको भावना विपरित निर्णय गरेको भन्दै केहि नेताहरुले फरक मत राखेयता विवादका कारण कांग्रेस केन्द्रीय समिति १४ फागुन यता बस्न सकेको थिएन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ