arrow

परिवर्तनलाई उल्टाउन सकिदैनः सिटौला

logo
प्रकाशित २०७५ चैत ७ बिहिबार
sitaula-dipprajwolan.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा भएका पछिल्ला परिवर्तनलाई उल्टाउन नसकिने जनाएका छन्। स्वर्गीय गिरिजाप्रसाद कोइरालाको नवौं स्मृती दिवसका अवसरमा बिहिबार माइतीघर मण्डलामा जीपी कोइराला अध्ययन केन्द्रले गरेको दिप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले मुलुकमा भएका परिवर्तन उल्टाउन नसकिने जनाए । 

‘पार्टी भित्र वा बाहिर केही मान्छेहरु परिवर्तनका बिरुद्ध बोल्दै हिडेका छन, मुलुकमा आएको परिवर्तनका बिरुद्ध जान सम्भव छैन, जान पनि सकिदैन ’ सिटौलाले भने । केही दिन यता जनमत संग्रहका विषयमा केही गाइगुइ सुनिन थालेको भन्दै उनले संविधान विपरित परिवर्तनलाई उल्टाउने गरी केही नहुने प्रष्ट पारे । 
उनले भने, ‘प्राय सीके राउतको सन्दर्भ होस् या विप्लवको होस संविधान विपरीत जान खोज्नेलाई निस्तेज पार्नुपर्छ ।’

सिटौलाले स्वर्गीय गिरिजाप्रसादमा सबैलाई मिलाएर लैजान सक्ने उच्च राजनीतिक चरित्र भएको भन्दै उनकै उच्च नेतृत्व क्षमताका कारण जंगलमा रहेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याइएको र जनतालाई नमान्ने राजालाई बाटो लगाएर गणतन्त्र ल्याउन सम्भव भएको बताए । 

राजनीतिक क्षेत्रमा कोइराला संयोजनकारी नेता भएको भन्दै उनले स्वर्गीय कोइरालाको राजनीतिक बाटोबाट अघि बढ्न सके सहमती सहकार्य र एकताबाटै मुलुकका सबै समस्या समाधान हुने जनाए । पछिल्लो समय सरकार तर्फबाट नै संविधान विपरितका गतिविधिहरु भइरहेको र सरकार आफैंले संविधानलाई तोडमोड गर्ने काम गरिरहेको भन्दै उनले संविधानलाई असर गर्ने कुनै पनि काम सरकार पक्षबाट हुन नहुनेमा समेत जोड दिए ।

कार्यक्रममा कांग्रेस सांसद भीमसेनदास प्रधान, अध्ययन केन्द्रका अध्यक्ष रामप्रसाद अधिकारी सहित नेपाली कांग्रेस तथा नेविसंघका नेता कार्यकर्ताको सहभागीता थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ