arrow

विश्वका चार अर्ब मानिस पानीबाट टाढा, यस्तो त तीतो यथार्थ

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
drinking-water.jpeg

काठमाडौं । विश्व पानी दिवस विभिन्न कार्यक्रमका साथ विश्वभर मनाइराखिएको छ । विश्वभर हरेक २२ मार्चमा यो दिवस मनाउने गरिन्छ । 

पानी नै जिन्दगी हो भनिन्छ तर त्यही पानी नपाएर मानिस छट्पटाउँदै गइरहेका छन् । कहीं वनफँडानी भएर त कहीं बढ्दो शहरीकरणका कारण पानीको स्रोत सुक्दै गएको छ । 

पानीको दुरुपयोगले पनि धेरै चुहावट भइरहेको बताइन्छ । एक तथ्यांकअनुसार विश्वभर चार अर्ब मानिस पानीको पहुँचबाट टाढा छन् । तीमध्ये एक चौथाइ अर्थात् एक अर्ब मानिस भारतमै छन् । 

विभिन्न तथ्यांकअनुसार सबैभन्दा खतरा भारतलाई नै रहेको बुझिन्छ । नेपालमा पनि पानीको सही सदपयोग हुन सकिरहेको छैन । 

वर्षाको पानीसमेत संचित गर्ने बानी नहुँदा समस्या बढ्दो छ । पहाडमा पानीको बचत हुन नसक्नु र उपत्यकासहित तराईमा जमिन मुनिबाट पानी निकाल्दा सतह कम बन्दै गएको छ । 

दक्षिण अफ्रिका र फिलिपिन्समा समेत अवस्था गम्भीर रहेको छ । संयुक्त राष्ट्रसंघले सन् २०५० सम्म विश्वभरका २०० सहर पानी बिहीन हुनुपर्ने अवस्था ‘डे जिरो’ झेल्ने चेतावनी दिएको छ । 

१० ठूला शहरमा पानी सकिँदै गएको छ भने ३३ देशले २० वर्षपछि संकट झेल्नुपर्नेछ । 

पपुवा न्युगिनीमा ५४ प्रतिशत कमाइ पानीका लागि खर्च गरिने तथ्यांक बाहिर आएको छ । 

सन् २०१९ मा पनि पानी कम पर्ने प्रक्षेपण गरिएको छ । चिलीको अवस्था झनै दर्दनाक बन्दै गएको छ । अधिकांश जमिन सुख्खा भइसकेको छ । रेगिस्तानमा पानी नै पाइन छाडेको छ । 

भारतमा ७० प्रतिशत भन्दा बढी पानीको दोहन जमिन मुनिको पानीमा भइसकेको छ । भारत सन् २०२० मै पानी संकटग्रस्त राष्ट्र घोषित हुने स्थितिमा पुग्ने बुझिन्छ । 

पानी जम्मा गर्ने जिम्मा पनि ठेक्कामा हुने गर्दछ । अफिकी मुलुकमा महिलाहरुले त्यो जिम्मेदारी पाएका हुन्छन् भने मंगोलियामा जिम्मेदारी पुरुषले पाउँछन् । 

दुनियाँभरिको ७० प्रतिशत पानी खेतीका लागि प्रयोग हुने गर्दछ । भारतीयले कुल जमीन मुनिको पानीेको २४ प्रतिशत पानी प्रयोग गर्ने गर्दछन् ।

विश्वमा ७५ सय द्धीपहरु भएका देश पनि पानीको संकटको सामना गर्दैछन् । (एजेन्सीको सहयोगमा) 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ