arrow

युथ आइकन बनेपछि पारसले भने ‘खेल जिताउने पारस हैन टिम हो’

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
paras-facilitated.JPG

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का गत मंगलबार राजधानीमा सम्मानित भए । उनलाई काठमाडौं युथ कन्क्लेभले एक लाख रुपैयाँसहित कदरपत्र प्रदान गरेको हो । 

उनलाई युथ आइकन २०१९ को उपाधि दिइएको छ । नेपाली क्रिकेटको विकासमा युवाले सघाएको भन्दै पारस सम्मानित भएका हुन् । 

पारसले युवाहरुलाई राष्ट्रप्रेम सिकाउने तरिकाले भने, ‘खेल जिताउने पारस हैन टिम हो ।’ उनले अगाडि थपे, ‘हामी टिममार्फत सफलता हासिल गर्न सक्छौं । किनकि हामी हाम्रो खेल र राष्ट्रप्रति बफादार छौं ।’

उनले पारस खड्काले नेपाली क्रिकेटलाई परिवर्तन गरेको नभइ समग्र टिम, प्रशिक्षक र सबै नेपालीको समर्थनले नै उतार चढाव आएको बताए । र भने, ‘म उनीहरुको प्रतिनिधि आवाज हुँ ।’

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगश भट्टराईले विदेश जानभन्दा नेपालमै कृषिमा हात हाल्ने युवाहरु बढ्दै गएको प्रसंग सुनाए । 

युनिभर्सल कलेज, न्यू समिट कलेज, एपोलो इन्टरनेशनल कलेज, काठमाडौं मोडेल कलेज र हिमालयन इन्जिनियरिङ कलेजको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्दै मख्य अतिथि नेता भट्टराईले नेपाली युवाहरुको भविष्य सुन्दर रहेको दावी गरे । 

कार्यक्रममा प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अली, मिस नेपाल श्रृंखला खतिवडा लगायत पनि रहेका थिए । स्टयान्डिङ कमेडियन सन्दीप क्षेत्रीले कार्यक्रमलाई रमाइलो बनाएका थिए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ