arrow

प्रधानमन्त्री ओली संसदीय मुल्यमान्यतालाई तिरस्कार गर्दै : गगन थापा

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
gagan-thapa-new-FNL-p.jpg.jpeg

काठमाडौं ।  नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी ओली संसदीय मुल्यमान्यतालाई तिरस्कार गर्दै योजनाबद्ध रुपमा अगाडि बढेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौ महानगरपालिका वडा नम्बर ७ ले आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले सो कुरा बताएका हुन् ।

 कांग्रेस केन्द्रीय सदस्य समेत रहेका थापाले भने, 'यतिबेला प्रधानमन्त्री केपी ओली संसदीय मुल्यमान्यतालाई तिरस्कार गर्दै योजनाबद्ध रुपमा अगाडि बढ्दै गर्दा संविधान नै संकटमा परेकाले आफुहर संविधान बचाउन र प्राप्त उपलब्धिको रक्षा गर्नै लागि परिरहेका छौं ।'  

थापाले सरकार सबै क्षेत्रमा हस्तक्षेप गरि अधिनायकवाद लाद्न उद्धत रहेको भन्दै सामाजिक संजाल नियन्त्रणका नाउमा नागरिकको बोल्न पाउने अधिकार समेत खोस्न लागेको प्रति सचेत रहन आग्रह गरेका छन् ।  कार्यक्रममा निर्वाचन को बेला सहयोग पुर्‍यकाहरुलाई सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ