arrow

ऐन बनाएर धर्मको मूद्दा टुंग्याउनुपर्छ : शेखर कोइराला

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
gp-foundation1.jpg

काठमाडौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गणतन्त्र र संघीयताबाट मूलूक अब कूनैपनी हालतमा पछाडी फर्कन नसक्ने बताएका छन् । डा कोइरालाले शहिदहरूको रगतसँग साटिएको गणतन्त्र र संघीयतालाई संस्थागत गर्ने जिम्मा कांग्रेसको काँधमा आएको बताए। राजनीति र धर्मलाई एकै ठाउॅमा राखेर हेर्न नहुने बताउदै डा कोइरालाले छिटो भन्दा छिटो  ऐन बनाएर धर्मको मूद्दा टुंग्याउनुपर्ने बताए ।

जीपी फाउण्डेशन काठमाडौले आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै  डा कोइरालाले संबैधानिक राष्ट्रपतिको अहिलेको क्रियाशिलता र सक्रिय भूमिकाले झस्काएको बताए । कोइरालाले भने, 'हाम्रो संविधानले राष्ट्रपतीलाई सेरेमोनियल भनेको छ। तर अहिले राष्ट्रपतीलाई जसरी सक्रिय बनाउन खोजिएको छ यसले मुलुकलाई हित गर्दैन।'

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले मूलूक र प्रजातन्त्रका निम्ती कांग्रेस एक ढिक्का हुनुपर्ने बताइन् ।

केन्द्रीय सदस्य गगन थापाले पार्टीका जिम्मेवार नेताहरूलाई संविधानसँग बाझिने कूरा गर्दै हिड्न नहुने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ