arrow

निलम्बित एसपी बिष्टको थुनछेक बहस सकियो, आदेश आइतबार

logo
ईश्वर दत्त बडू,
प्रकाशित २०७५ चैत ८ शुक्रबार
bista1.JPG

कञ्चनपुर ।  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ बर्षिय निर्मला पन्त प्रकरणमा कञ्चनपुरका पूर्व प्रहरी प्रमुख दिल्लीराज बिष्टको थुनछेक बहस सकिएको छ ।

शुक्रबार विष्ट बिरुद्ध परेको मुद्दामा पक्षविपक्षीका कानुन व्यवसायीले थुनछेक बहस गरेका थिए । बहस सकिएपनि आदेश भने आउन बाकी छ । जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार हरिकृष्ण अवस्थीले समय अपुग भएकाले शुक्रबारै आदेश जारी गर्न नसकिएको बताए ।
 
उनका अनुसार अदालतले आदेश जारी नगरेपछि पूर्व एसपी बिष्टलाई प्रहरीकै नियन्त्रमा राखिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी भने अझैसम्म अदालतमा उपस्थित भएका छैनन् । जिल्ला न्यायाधिश डा.राजेन्द्र कुमार आचार्यको एकल इजलासमा थुनछेक बहस भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ