arrow

कांग्रेस नेता सिटौला अस्वस्थ, आइसियुमा राखेर उपचार हुँदै

logo
प्रकाशित २०७५ चैत ८ शुक्रबार
Sitaula.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन । 

अचानक स्वास्थ्यमा गडबडी भएपछि उनी शुक्रबार साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना भएका हुन । सिटौलाको अहिले आइसियुमा राखेर उपचार भइरहेको छ। 
सिटौलाका सहयोगी किरण सिटौलाका अनुसार चिकित्सकहरुले रगतमा हेमोग्लोबिनको मात्रा कम देखिएको र प्रेसर समेत घटेको बताएका छन ।

डा भगवान कोइराला सहितको टिमले उनको उपचार गरिरहेका छन । 

रगतको मात्रा बढाउनका लागि अहिले नेता सिटौलालाई रगत दिइदै  गरिएको कांग्रेस नेता भिमसेनदासप्रधानले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ